माघ ०९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशुसहित एक सुत्केरीको उद्दार गरिएको छ ।
थुलुङ दुधकोशी गाउँपालिका २ की २१ वर्षीय सर्मिला बस्नेतको आज बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
थुलुङ दुधकोशी अस्पतालमा मंगलबार शिशुको जन्म भएपनि जटिल स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तर्गत उपचारका लागि काठमाडौं लगिएको बताइएको छ ।
समय अभावका कारण हेलिकप्टर मंगलबार साँझ सल्लेरीमा अवतरण गरी आज बिहान उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त सुत्केरी र नवजात शिशु प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे र जनप्रतिनिधिसहितको पहलमा उद्दार गरिएको हो ।
उनीहरु दुवैकाे कान्ति बाल अस्पतालमा माहाराजगंज, काठमाडौँमा भर्ना गरी उपचार भइरहेको छ ।
Discussion about this post