माघ ११, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ तिदेलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय जगत बहादुर राईको १ तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा जलेर नष्ट हुदाँ २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । आगलागी भएको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी सहितको टोली घटनास्थल गई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Discussion about this post