माघ १३, सोलुखुम्बु । नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष विभूषण राइले लिखु महाकुलङ विद्यार्थी जोड अभियान सञ्चालन गर्ने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको बैठकमा उहाँले यस्तो बताउनुभयो । भातृसंस्था मजबुद नभएको अवस्थामा पार्टी सक्रिय नुहने भएकाले नेतृत्वबाट नेविसंघलाई थप शसक्त बनाउन जोडबल गर्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।
हाल जिल्लामा नेविसंघको अवस्था दयनिय अवस्थामा रहेको र यसलाई सुधार गर्नका लागि आफु कटिबद्ध रहेर काम गरिरहेको उल्लेख गर्नुभयो । शुक्रबारको बैठकले क्रियाशिल सदस्यता नविकरण, पार्टी संगठन विस्तार, भातृ संस्थाको सदस्यता नविकरण र नयाँ क्रियाशिल सदस्यताको विषयमा निर्णय गरेको छ ।
Discussion about this post