माघ १६, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुुखुम्बुका प्रहरी जवान राज कुमार विश्वकर्माले सुत्केरी महिलालाई रक्तदान गरेका छन् । मंगलबार जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ क्याम्पस टोल बस्ने ३० बर्षकी सुकमाया विश्वकर्मालाई रगत आवश्यक भएकाले विश्वकर्माले रक्तदान गरेका हुन् ।
विश्वकर्मालाई सुत्केरी बेथा लागि तुरुन्तै शल्यक्रिया मार्फत जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा बच्चा जन्माएकोमा ओ पोजेटिभ रगत आवश्यक भएको तत्कालै रगत उपलब्ध गराईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post