माघ १६, सोलुखुम्बु । ओखलढुगांको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ६ स्थित लट्टेबारी युवा विकास क्लबलाई जग्गा प्राप्त भएको छ । वि.सं २०७७ मंसिर १५ गते जिल्ला प्रशासन कार्यलय ओखलढुंगामा दर्ता भएको क्लबको भवन र खेलमैदानका लागि नि : शुल्क जग्गा प्राप्त भएको हो ।
सामाजिक क्षेत्रमा निकै सक्रिय रुमा कामगर्दै आएको क्लबका लागि स्थानीय तथा क्लबका सल्लाहकार छेकि शेर्पा तथा छङबु शेर्पा छोराबुहारी कामी शेर्पा, डोल्मा शेर्पाले संस्थालाई आवश्यक पर्ने नियन कानुन अनुसार १ रोपनी जग्गा उपलब्ध गराउनुभएको क्लबका अध्यक्ष गोबिन्द कुमार खत्रीले बताउनुभयो । जग्गा दाता प्रति उच्च सम्मान गर्दै क्लबका अध्यक्ष खत्रीले धन्यवाद व्यक्त गर्नुभएको छ । स्थानीयबासीद्धारा जग्गा प्राप्त भएसँगै भवन निर्माणका लागि स्थानीय तह सँग समन्वय गर्दै जाने अध्यक्ष खत्रीको भनाई छ ।
Discussion about this post