माघ २६, सोलुखुम्बु । सोलुखुम्बुमा २१ कृषकलाई किवी फल बगैँचा सुदृढीकरण अभिमुखिकरण तालिम दिइएको छ । किवी फल लगाइएकै ठाउँमा लगेर जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका २१ जना कृषकलाई स्थलगत तालिम गराइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ओखलढुङ्गा अन्तर्गतको प्राविधिक इकाई सल्लेरीको आयोजनामा शनिबार कृषकहरूलाई १ दिने अभिमुखीकरण तालिम दिइएको हो ।
तालिममा कृषकहरूलाई किवीफल बगैँचा काँट छाट, बोडोपेष्ट लगाउन, सिँचाइ सम्बन्धी तथा गोडमेल लगायतका सीपहरू प्रदान गरिएको प्राविधिक इकाई सल्लेरीले जनाएको छ । कार्यालयबाट जिल्लामा सञ्चालनमा रहेका बगैँचा सुदृढीकरण कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागी तालिमको आयोजना गरिएको तालिम संयोजक सञ्जय बस्नेतले जानकारी दिनुभयो । कृषकहरूलाई नगरपालिकाको वडा नम्बर ७ स्थित गौरीसङ्कर कृषि फर्ममा लगेर स्थलगत रुपमा प्राक्टिकल तालिम गराइएको उहाँको भनाई छ । प्रशिक्षार्थीहरूलाई कार्यालय प्रमुख तथा बरिष्ठ कृषि अधिकृत हेम बहादुर आले मगर सहितले सहजिकरण सहजीकरण गर्नुभएको उहाँको भनाई छ ।
Discussion about this post