माघ २८, साेलुखुम्बु । कमलपोखरीस्थित सानदार मःम पसलमा गत बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा सोमबार राति ९ बजेतिर रविन राई र मङ्गलबार राति २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराकाअनुसार घटनामा घाइते अन्य नौ जनाको अवस्थामा सामान्य रहेको छ ।
घाइते सबै मःम पसलमा काम गर्ने मजदुर रहेको बताइएको छ । माघ २३ गते ग्यास लिक भएर आगलागी भएको थियो ।
उक्त समयमा सिलिन्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका थिए । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको थियाे ।
Discussion about this post