Tuesday, May 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेपाली विद्यार्थीका लागि न्याय माग्दै भाजपा समर्थित विद्यार्थी संगठन

Radio Everest by Radio Everest
February 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन ६, साेलुखुम्बु ।    भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी समर्थित विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्ले नेपाली विद्यार्थीको समर्थनमा आन्दोलन सुरु गरेको छ।

ओडिसाको कलिगां इन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थीमाथि धरपकड गरिएपछि अखिल आन्दोलित बनेको हो।

नेपाली विद्यार्थीलाई रातारात कलेजबाट निकालेर रेलवे स्टेशन पुर्‍याइएको भन्दै अखिलले विरोध प्रदर्शनसमेत गरेको छ। अखिलले केआईआईटी कलेजको प्रांगणमै विरोध प्रदर्शन गरेको हो।

अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय कार्यकारिणी सदस्य विश्वजित पात्रले नेपाली विद्यार्थीसँग कलेजले माफी माग्नुपर्ने, उनीहरूलाई कलेजमा फिर्ता बोलाउनुपर्ने माग गरेका छन्। रेलवे स्टेसनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई खान र बस्नको व्यवस्थासमेत कलेजले गर्नुपर्ने परिषद्को माग छ।

यसबाहेक मृतक विद्यार्थी र उनको परिवारलाई क्षतिपूर्ति दिनसमेत परिषद्ले माग गरेको छ। परिषद्का ओडिसा सचिव बुद्धदेव वाग रेलवे स्टेसनमा अलपत्र रहेका नेपाली विद्यार्थीलाई भेट्न पुगेका थिए। वागले नेपाली विद्यार्थीलाई कलेज फर्काउन कलेज प्रशासनसँग संवाद सुरु गरिएको बताए।

उनले भने, ‘हामी मृतक विद्यार्थीप्रति गहिरो समवेदना प्रकट गर्दछौँ। नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालेर स्टेसनमा राखेर विश्वविद्यालयले गरेको अमानवीय क्रियाकलापको अखिल भारतीय विद्यार्थी परिषद् घोर भर्त्सना गर्दछ र यस्तो गर्नेलाई तत्काल कारबाही गर्न माग गर्दछौँ।’

आइतबार केआइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टेलमा मृत भेटिएकी थिइन्। उनको न्यायका लागि विश्वविद्यालयमा अध्ययनरत ५ सय बढी विद्यार्थीले आइतबार रातिदेखि नै प्रदर्शन गरेका थिए। नेपाली विद्यार्थीहरूले प्रकृतिको न्यायका लाग गुहार गरेका थिए।

तर, विश्वविद्यालय प्रशासनले उल्टै नेपाली विद्यार्थीमाथि धरपकड गरेका थिए। उनीहरूलाई होस्टेल छोड्न निर्देशनसमेत दिएको थियो। यस क्रममा धेरै नेपाली विद्यार्थी ओडीसाको भुवनेश्वरमा अलपत्र परेका थिए।

यो विषयमा सञ्चारमाध्यममा भाइरल भएपछि सम्बन्धित निकाय र नयाँ दिल्लीस्थित नेपाली दूतावासले पनि पहल गरेको थियो। दूतावासको पहलपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई होस्टेलमा बस्न अनुमति दिएको थियो। विश्वविद्यालयले विज्ञप्ति जारी गरेर नेपाली विद्यार्थीहरूलाई होस्टेलमा फर्किन आग्रह गरेको थियो। विश्वविद्यालयले वैकल्पिक कक्षा उपलब्ध गराएर भए पनि शैक्षिक सत्र सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ।

Previous Post

वृद्धालाई उपचारमा पठाउनका लागी प्रहरीले उचाल्यो स्ट्रेचर 

Next Post

१ शताब्दी उमेर पछि पनि बस्नेतले गराए काङ्ग्रेस सदस्यता नविकरण

Related Posts

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
0
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
0
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
0
नेचासल्यानमा जारी ३ दिने महोत्सवको आज अन्तमि दिन, १० औँ हजार दर्शकले गरे अवलोकन

Discussion about this post

Everest Highlights

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

लिखुपिके–३ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २३० जनाले लिए सेवा

May 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

सोलुदुधकुण्डमा पोषणमैत्री स्थानीय शासनबारे एक दिने अभिमुखीकरण

May 11, 2026
नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

नेले जोगरामा शिव मन्दिर निर्माण सम्पन्न, प्राण प्रतिष्ठासहित उद्घाटन

May 11, 2026
नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

नेचासल्यान महोत्सव : स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुंगा

May 11, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly