Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ्ग दुधकाेशी ७ ले गरिदियाे विद्यार्थीकाे स्वास्थ्य विमा, उत्कृष्ट विद्यालयलाई ५० हजार

Radio Everest by Radio Everest
March 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
फागुन २०, साेलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देसाले वडा प्रथम विद्यार्थी देखि विद्यालय सम्मलाई पुरस्कार तथा सम्मान सहित स्वास्थ्य बीमा गरेको छ । मंगलबार आयोजित कक्षा ११ का विद्यार्थी, अभिभावकको स्वास्थ्य बीमा तथा वडा स्तरीय परीक्षाको पुरस्कार वितरण कार्यक्रका बीच कक्षा तीनको वडा स्तरीय परीक्षामा वडा प्रथम हुने विद्यार्थी, शिक्षक, ब्यबस्थापन समिति र विद्यालयलाई पुरस्कार तथा सम्मान गर्दै ११ कक्षाका विद्यार्थी अभिभावकको स्वास्थ्य बीमा गरेको हो ।
देउसामा सञ्चालित विद्यालय मध्य वडा प्रथम हुन सफल देउराली आधारभुत विद्यालयलाई गाउँपालिका अध्यक्ष असिम राईले सम्मानपत्र सहित ५० हजार पुरस्कार प्रदान गर्नुभएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शैक्षिक सत्र २०८० मा देउराली आधारभुत विद्यालयले जम्मा १०० अंकमध्ये ७३.६६ अंक प्राप्त गरेको छ । यस्तै देउसा माध्यमिक विद्यालयले ६९.३३ अंक सहित वडा द्धितिय भएको छ भने ६९.३३ अंक सहित जालिम देवी आधारभुत विद्यालय चेराखु तृतीय भएको छ ।
गाउँपालिका शिक्षा शाखा प्रमुख गणेश गुरुधामीको संयोकत्वमा रहेको मुल्याङ्कन समितिले विद्यार्थी नियमितमा १० अंक, कक्षा कोठा ब्यबस्थापनमा २०, कक्षा तीनको वडा स्तरीय परीक्षामा विद्यार्थीले प्राप्त अंक ५०, दिवा खाजा ब्यबस्थापन ५, अभिभावकको उपस्थिति १० र शिक्षक उपस्थितिमा ५ अंकलाई आधार मानी अंक प्रदान गरेको थियो ।
शैक्षिक सत्र २०७९ मा वडा कार्यालयले लिएको वडा स्तरीय परीक्षामा देउसा माध्यमिक विद्यालयका आषिस राई प्रथम हुनुभएको छ भने भने २०८० मा सोही विद्यालयकी समिक्षा राई वडा प्रथम हुन सफल भएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई सम्मान पत्र सहित पुरस्कार प्रदान गरिएको छ ।
यस्तै देउसा माध्यमिक विद्यालयका शिक्षक कुलप्रसाद राई उत्कृष्ट शिक्षक २०७९ बन्दै प्रसंसापत्र सहित पुरस्कार प्राप्त गर्नुभएको छ ।वडा स्तरीय परीक्षामा सतप्रतिशत विद्यार्थी उत्तीर्ण हुने विषय शिक्षकलाई सम्मान गर्ने वडाको निर्णय अनुसार सम्मान गरिएको बताइएको छ ।
यस्तै नाम्से आधारभुत विद्यालय ब्यबस्थापन समिति उत्कृष्ट विद्यालय व्यबस्थापन समिति २०७९ बन्न सफल भएको छ । २०५१ सालमा विद्यालय स्थापना भएपनि २०७९ सालमा विद्यालयको नाउमा जग्गा रजिष्टेशन गराउन सफल भएको, भौतिक पुर्वाधारको क्षेत्रमा स्थानीय सरकारद्धारा बिनियोजित बजेटमा थप सक्रियताका साथ काम गरेको,  गाउँपालिका र वडाबाट जारी शैक्षिक गुणस्तरका नीति निर्देशनलाई पुर्णरुपमा पालना गरी शैक्षिक ब्यबस्थापनमा महत्वपुर्ण भूमिका खेलेकाले उत्कृष्ट ब्यबस्थापन समिति घोषणा गरिएको वडा सचिव अशोक कुमार राईले बताउँनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ मा वडा कार्यालयद्धारा बिनियोजित बजेटबाट देउसा माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकको स्वास्थ्य बीमा पनि मंगलबारनै गरिएको कार्यपालिका सदस्य समेत रहनुभएको वडा सदस्य सरिता राईले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ मा अध्ययनरत ३० जना विद्यार्थीको परिवारको स्वास्थ्य बीमा गरिएको छ । उनीहरुले प्रति परिवार ५ जना सम्मको प्रति व्यक्ति एक लाखका दरले स्वास्थ्य उपचारमा छुट प्राप्त गर्नेछन् । विद्यार्थीलाई टिकाउन तथा नियमीत गराउने र उपचारमा सुविधा पुर्याउने उदेश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक विकासमा सृजनशिता सहित उत्कृष्ट कार्य गर्न वडा नम्बर ७ सक्रिय रहेको भन्दै प्रशंसा गर्नुभयो । गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको भन्दै वडा नम्बर ७ मा भौतिक विकास संगै सामाजिक विकास पनि उत्तीकै प्रभावकारी ढंगले सञ्चालन भएको बताउँनुभयो । सामाजिक विकास बिनाको भौतिक विकासले सार्थकता नपाउने भन्दै उहाँले सबैलाई थुलुङ दुधकोशी सरकार त्यस तर्फ सचेत रहेको बताउनुभयो ।
यस्तै वडा अध्यक्ष भोजराज कार्कीले आफ्नो सिंगो टिम गाउँको विकासमा लागि परेको र स्थानीय वडाबासीले समेत साथ दिएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । एकता बिना गाउँको विकास संभवन नरहेको भन्दै उहाँले सकारात्मक सुझाव आवश्कय रहेको बताउनुभयो
Previous Post

कुनिखोपमा लागेको डढेलो सोलु प्रहरीले लियो नियन्त्रणमा

Next Post

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना घाइते

Related Posts

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
0
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
Next Post
सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना घाइते

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना घाइते

Discussion about this post

Everest Highlights

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly