Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थामे बाढी प्रभावितलाई पहिलो किस्ता दिइने, विपद समाना गर्न एक जुट हुने जनप्रतिनिधिको प्रतिबद्धता

Radio Everest by Radio Everest
March 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २०,  साेलुखुम्बु ।      सोलुखुम्बुको थामे बाढी प्रभावित घरधुरीलाई आवास निर्माण बापतको पहिलो किस्ता निकासा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले गत साउन ३२ गते आएको बाढीले क्षतिग्रस्त ५० घरपरिवारको आवास निर्माणका लागि पहिलो किस्ता बापतको २५ हजार रकम निकासा गर्ने निर्णय गरेको हो । प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि लगायत सरोकारवाला सम्मिलित बैठकले गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण प्रभावित भएका ३१  वटा पूर्वाधार तथा संरचना मर्मतका लागि खानेपानी सिँचाई तथा उर्जा मन्त्रालय कोशी प्रदेशमा सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै सोलुदुधकुण्ड नगरपालिका ५ मा निर्माणधीन शेर्पा सामुदायिक भवनलाई पहिरोले क्षतिग्रस्त बनाएकाले पहिरो व्यवस्थापनका लागि प्राविधिक लागत अनुमान सहित सहरी विकास तथा भवन कार्यालयमा सिफारिस गर्ने निर्णय भएको  भने  पहिरोबाट क्षतिग्रस्त भएका आवास पुननिर्माणका लागि बजेट निकासाका लागि मन्त्रालयमा सिफारिस गर्ने, आगलागी पीडितका लागि रकम निकासाका लागि पहल गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो ।  

बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले विकासमा राजनीति नगर्न आग्रह गर्दै आफूले विपद व्यवस्थापन देखि जिल्लाको समग्र विकासमा प्रदेश सरकारसँग पहल गरेर काम गरिरहेको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले स्थानीय तहमा स्रोत साधन  हुने भएकाले विपद व्यवस्थापनमा  खुट्टा नकमाउन आग्रह गर्नुभएको छ । सो क्रममा लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले विपदको पुर्व तयारीमा चुकेको भन्दै भाषणमा नभई व्यवहारमा नै विपद व्यवस्थापनमा लाग्नु पर्ने धारणा राख्नु भयो । 

महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले भौतिक संरचनाहरू कमजोर बनेका कारण प्राकृतिक विपद्मा क्षति हुने गरेको बताउनु भयो । 
खुम्बु पासाङल्हमु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले खुम्बु क्षेत्रमा हिमताल बिस्फोटनका उच्च जोखिम रहेको भन्दै पूर्वतयारी र उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताउनु भयो । माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले विपद व्यवस्थापनको भार स्थानीय तहलाई मात्रै परेको गुनासो गर्नु भयो ।

सोताङ गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङले आफ्नो पालिका भित्र आगलागिका घटनाहरु बढेको भन्दै सतर्कता अपनाउँदै गएको धारणा राख्नु भयो । सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाले पहिरो र आगलागिका घटना प्रमुख चुनौति रहेको बताउनु भयो ।  सो अवसरमा जिल्ला प्रहरी प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले जिल्लाभरिको बिपदको अवस्था बारे प्रस्तुति राख्नु भएको थियो । 

Previous Post

 स्ववियु निर्वाचन प्रकृया अगाडि बढाउन सोलुखुम्बुका क्याम्पसहरूलाई नेविसङ्घको माग 

Next Post

यस्तो रहनेछ आज देशभरको मौसम

Related Posts

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
0
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
0
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
Next Post
यस्तो रहनेछ आज देशभरको मौसम

यस्तो रहनेछ आज देशभरको मौसम

Discussion about this post

Everest Highlights

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

नवउदय टोल विकास संस्थाको नवौँ साधारण सभा सम्पन्न

October 4, 2026
सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

सोलुखुम्बुका चार विमानस्थलमध्ये दुई मात्रै सञ्चालनमा, करोडौँ लगानीका विमानस्थल प्रयोगविहीन

October 4, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly