फागुन २१, सोलुखुम्बु । ओखलढुगांमा आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । नदि तथा खोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।
प्रशासनले सार्वजनिक तलाउ, खोला नदिमा विद्युतिय करेन्ट, विषादी र विष्फोटक पदार्थ माछा मार्ने वा चलचरलाई हानी पुर्याउने कार्य दण्डनीय रहेको सुचनामा उल्लेख गरेको छ । यस्ता गैरकानुनी कार्यले जल पर्यवरणमा समेत प्रतिकूल असर पुग्ने बताईएको छ । जलचर संरक्षण ऐन २०१७ को व्यवस्था बमोजिम यस्तो कार्य गर्ने गराउनेलाई ६ महिनासम्मको कैद र ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजायसम्म हुने व्यवस्था उल्लेख छ ।
कसैले यस्तो गैरकानुनी काम गरे गराएको पाईएमा नजिकैको प्रहरी वा १०० मा फोन गरी जानकारी दिन प्रशासन कार्यालय ओखलढुंगाले अनुरोध गरेको छ । यस्ता अपराध गर्नेहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने सुचनामा भनिएको छ ।
Discussion about this post