फागुन २२, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिका ५ दुबेकोलका वडाबासीलाई हिलट्याङक वितरण गरिएको छ । रावाबेसी गाउँपालिका ५ दुबेकोलका वार्षिक बजेटबाट मागमा आधारित कार्यक्रम अनुसार वडा बासीलाई ५० वटा ट्याङ्की वितरण गरिएको हो । वडाका साविक ४ नम्बर वडाका ३९ घरधुरीलाई र अन्य वडाका विपन्न तथा दलित ११ घरधुरीलाई गरि ५० वटा ट्याङ्की वितरण गरिएको वडा सदस्य तेजिन्द्र घिमिरेले बताउनुभयो । खानेपानीको अभाव नहोस भन्नका लागी ट्याङ्की वितरण गरिएको वडा अध्यक्ष मोहन गुरुङले बताउनुभयो । ट्याङ्कीमा पानी भण्डारण गरेर करेसाबारीलाई समेत हराभरा बनाउन सकिने भएकाले ट्याङ्की वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिकाबाट वडामा कार्यक्रम सञ्चालनका लागी विनियोजित ३ लाखबाट ट्याङ्की वितरण गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
Discussion about this post