फागुन २६, सोलुखुम्बु । भ्राइट भिजन फाउण्डेशनले नेपालमा अनुसन्धानमुलक कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालय र परराष्ट मन्त्रालयसँग छलफल गरेको छ । आईतबार स्वास्थ्य मन्त्रालय र परराष्ट मन्त्रालयमा पुगेर भ्राइट भिजन फाउण्डेशन संस्थापक मिङमार शेर्पा र अध्यक्ष गेल्बु शेर्पाले नेपालमा उक्त परियोजना ल्याउन लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । यो कार्यक्रम नेपालमा ल्याउन ठुलो मात्रामा बजेट विनियोजित गर्नुपर्ने भएकाले सहकार्य गर्न नेपाल रिसर्जन डिरेक्टर लगायत परराष्ट्र मन्त्रालयका उपसचिव रमेश भट्टसँग महत्वपूर्ण छलफल गरिएको छ ।
Discussion about this post