जेठ १०, सोलुखुम्बु । सोलुखुम्बुमा किरात समुदायले उभौली पर्व धुमधामका साथ मनाएका छन् । आज जिमी राई उत्थान समाज सोलुखुम्बुको आयोजनामा किरात उत्थान समाजको प्राङगणमा उभौली पर्व धुमधामका साथ मनाएका हुन् ।
किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली) मनाउने प्रचलन छ । साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।
साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ । उभौलीको अवसरमा किराँत राईहरूको ऐतिहासिक थलो मानिएका ठाउँहरूमा पूजाआजा गरिएसँगै महिना दिनसम्म यो चाड मनाउने प्रचलन छ ।
आज सोलुमा आयोजित कार्यक्रममा जिमी राई उत्थान समाजका अध्यक्ष डाक बहादुर राई, जिमी राई उत्थान समाजका केन्द्रिय अध्यक्ष यस बहादुर राई, संघिय सांसद मानवीर राई लगायत विभिन्न स्थानीय तहका जनप्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post