चैत्र ३, सोलुखुम्बु । हावाहुरीबाट सोलुखुम्बुमा एक घरको छानो उडेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला बेलीडाँडाका श्याम विकको घरको छानो हावाले उडाइदिएको हो । विकको टिनको बेराले बारेको, टिनको छानो भएको एक तले घर शनिबार हावाहुरीले उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post