Wednesday, June 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गायक विक्रम राईको मृत्यु संकास्पद, प्रेमीका अर्जुना सङ्काको घेरामा ? 

Radio Everest by Radio Everest
March 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३, सोलुखुम्बु । पहिलो नेपाल आइडल गायक तथा सङ्गीतकार विक्रम राईको मृत्यु शङ्कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ । खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो । अत्यधिक मदिरा सेवन गरेका राईको मृत्यु शङ्कास्पद देखिएको भन्दै उनको परिवारले अनुसन्धानको माग गरेका छ । विक्रमसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै युवतीविरुद्ध उनीहरूले किटानी जाहेरीसमेत दिन खोजेका छन् । घटना हुँदा ती युवती साथै थिइन् । त्यस रात विक्रम ढलेपछि तिनै युवतीले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी भ्यानमा उनलाई बागबजारस्थित काठमाडौँ मोडल अस्पताल लगिएको थियो । अस्पतालले करिब एक घण्टापछि उनलाई मृत घोषणा गरेको थियो ।  शव पोस्टमार्टमपछि आफन्तले खोटाङ नै लगेर अन्तिम संस्कार गरिसकेका छन् । पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण नखुलेको प्रहरीको दाबी भनाइ छ । अहिले प्रहरी भिसेरा परीक्षणको नतिजा पर्खिरहेको छ। भिसेरा परीक्षण प्रतिवेदन प्राप्त भएपछि थप अगाडि बढ्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनास्थलको सिसिटिभी पनि हेरेको छ । त्यहाँबाट युवतीको भूमिका शङ्कास्पद नदेखिएकाले अहिले नै उनीविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको प्रहरीको भनाइ छ ।

विक्रमका दाइ गणेशले फेसवुकमा लेखकाे त्याे स्टाटस जस्ताकाे तस्तै 
सबै आफन्त, शुभचिन्तकहरुमा नमस्कार ।
मेरो भाई विक्रम राईको २०८१ फागुन १७ गते निधन भएको घटना सबैलाई थाहै छ । हामी शोकमा छौँ । तर भाईको मृत्युको कारण नखुल्दा उत्तिकै छटपटी छ । हामी मात्रै विश्वास गर्न योग्य कारण खोजिरहेका छौँ । तत्कालिन अवस्थामा हाम्रो परिवार माथी परेको शोकले गर्दा मृत्यूलाई नकारात्मक दृष्टिले हेरेका थिएनौ । जब भाईको अन्त्यष्टि पछि घटनालाई निहाल्दै जाँदा प्राप्त सामग्रीको आधारमा हामी माझ भाईको निधन नभइ हत्या भएको हुन सक्ने शंका बाक्लिदै गएको छ । विक्रमले बोक्दै आएको दुइ थान मोबाइल लगायतका कुनै पनि सामग्री हाम्रो परिवारलाई प्राप्त नहुनुले पनि घटना शंकास्पद बन्दै गएको छ । यसबाहेक पनि घटना स्थल बाहिरको सिसिटिभी फुटेजले हामीलाई अझ शंकालु बन्न बाध्य बनाएको छ । घटनाको सत्यतथ्य छानविनका लागि प्रहरीलाई गुहार्दै आएका छौँ । तर प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि उजुरी लिने भन्दै पन्छिाएको छ । पोष्टमार्टम रिपोर्टले मृत्युको कारण न ह्दयघात बतायो, न अल्कोहल सेवन नै । फरेन्सिक रिपोर्ट नआएसम्म उजुरी नलिने र अनुसन्धान नहुने अवस्थाले प्रमाणहरु नष्ट हुने सम्भावना प्रशस्त देखिन्छ । त्यसकारण पनि भाई विक्रमको न्यायको लागि र परिवारजनको शंका मेटाउन पनि घटनाको यथासिघ्र अनुसन्धान हुन आवश्यक देखिन्छ । त्यसको लागि नेपाल प्रहरीले घटनाको उजुरी लिएर शोकमा रहेको हाम्रो परिवारलाई राहत दिलाउछ भन्ने आशा बाँकी नै छ । हामी चाहन्छौ, हामीले जसलाई शंकाको घेरामा राखेका छौँ । ऊ निदोर्ष ठहरिउन् । तर घटनाको अनुसन्धान अपरिहार्य छ । यहि पछिल्लो घटनाक्रमलाई सम्पूर्ण आफन्तजन, शुभचिन्तक र विक्रमका साथीभाईहरु माझ जानकारी गराउन चाहन्छु ।
(सिसिटिभी फुटेजको आधारमा)
विक्रम राई मृत्यु घटनाको प्रकृति हेर्दा संकास्पद ! सिसिभिटी फुटेजको आधारमा यस्ता छन् कारण ।
२०८१ फागुन १७ विहान पखको घटना
स्थान ः हरसुङमा अर्गानिक खाजा घर, अनामनगर
– २ बजेर २७ मिनेटमा विक्रम सँगको झगडाको अडियो भिडियो अर्जुनाले विक्रमको दिदी अमितालाई पठाएको ।
– घटनास्थल वा खाजा घरको घुम्ती वा सटर अघिल्तीर राती ३ बजेको समय देखि २ जना युवा एक आपसमा कुरा गरिरहेको दृष्य देखिनु ।
– यो अवधिमा माथी उल्लेखित युवा खाजा घर भएको गेट नजिक आएर गफिनु र ३ बजेर ३१ मिनेट जाँदा अर्जुना भित्रबाट गेटसम्म आएर गेट खोली केही भनेको जस्तो देखिनु । साथै त्यसको एक मिनेटको पेरिफेरीमा दुई युवा विपरित दिशामा खुसी मुद्रामा बाँडिएको दृष्य ।
– ३ बजेर ३३ मिनेटमा अर्जुना गेट बाहिर निस्किन्छिन् । कपाल सुमसुमाउदै दाँयाबाँया हेरेर केही सेकेण्ड होल्ड हुन्छिन् । त्यसपछि भित्र पस्दा नपस्दै बाहिरिएर खोला पट्टी गएको दृष्य ।
– ३ बजेर ३५ मिनेट जाँदा स्कुटि लिएर गेटमा रोकेको र खाजा घर भित्र पसेको दृष्य ।
– ३ बजेर ४० मिनेट जाँदा खाजा घरको भित्र पट्टिको ढोका खोलेर गेट–ढोका ओहोरदोहोरल गरेको दृष्य । यो क्रम ३ बजेर ४५ मिनेट जाँदा सम्म चल्छ । सो अवधिमा सोही घरको अर्को कोठामा बस्ने एक युवा गेटबाट फोन गर्दै निस्कनु र केही सेकेण्डमै भित्र छिर्नु ।
– एवम् रितले दोस्रो र तेस्रो पटक फोनमा बोल्दै बाहिर निस्केको दृष्य । सोही युवा पटक पटक भित्र बाहिर गर्दै फोनमा बोलेको दृष्य, यस्तै दृष्य ३ बजेर ५३ मिनेट सम्म देखिनु । ।
– त्यसपछि गेटबाट अत्तालिदै अर्जुना बाहिर निस्कनु र अस्वभाविक हाउभाउको दृष्य देखिनु । ३ बजेर ५४ मिनेट जाँदा पनि पुन अर्जुना बाहिर निस्केर अत्तालिएको दृष्य देखिनु ।
– ३ बजेर ५६ मिनेटमा ट्राफिकको गाडी आएको, सोही गाडीमा विक्रमलाई हालेर अस्पताल लगिएको दृष्य ।
– ४ बजेर ५३ मिनेटमा मोडल हस्पिटलले मृत घोषणा ।
– मृत घोषणा भएको आधा घण्टा बढि समय लगाएर विक्रमको दिदी अमितालाई विक्रम त बोल्दैन् भनेर भ्वाइस म्यासेज पठाउनु ।
– स्मरण रहोस्, २ बजेर १५ मिनेटमा साथी साहिल लिम्बुलाई विक्रमको फेसबुक एकाउन्टबाट म्यासेन्जरमा कल गएको तर रिसिभ नभएको । सोहिलका अनुसार आफु सुतिसकेको र कल आएको विहान मात्रै थाहा पाएको । विक्रमसँगै रहेका विजय मगर, सुगम चाम्लिङ र साहिल लिम्बु सोही राति करिब १२ बजेर ३० मिनेट तिर सामान्य अवस्थामै छुटेको ।
अव अर्जुना (विक्रमकी प्रेमीकाले) प्रतिउत्तरमा लेखेकाे स्टाटस 
नमस्कार सबैमा 🙏
अहिले यो दुखद घडिमा त छ दै छु सबै लाइ थाहै छ आफ्नो मान्छे आफुले माया गरेको मान्छे गुमाएको छु। २०८१ १७ गतेको बिक्रम को घटना बारे नबोलि आज सम्म बसेको थिए जुन कानुन र पुलिस बाहेक ठुलो मैले बोलि रहन जरुर ठानिन्।र आज मेरो चरित्र हत्या त गरिनै रहेको बिक्रम को सबै भन्दिन एक दुइ जना दाजु दिदि ले सामाजिक सन्जाल मा र यो मेरो सबै जबाफ रहने छ्।
तेस दिन को घटना म आफु किचेन मा नै थिए मलाइ केहि थाहा हुदैन लुडो खेल्दै थे सबै तै जितेको ले बियर खाने भन्ने सल्लाह मा खेल्दै थिए तर बिक्रम रेगुलर रक्सि खाको ले मैले खाउ नभन्नु नखाउ है भनि नै रहेको थिए सुताइको न उठाइको टुङो थिएन्। तर झानेको लोकल रक्सि माग गरेको ले मैले दिए तर कल्लाइ हो थाहा पाइन बिक्रम ले नै खाएको रहेछ। साहिल लाइ भाउजु लाइ बियर माग न म पैसा दिन्छु सम्म भनेको रहेछ तर लुडो मा जितेको तै खान थाले जब बियर अगाडि आयो उस्ले त्यो एक गिलास झानेको रक्सि स्वाटै पारेर बियर तिर लाग्यो। अब साथि हरुको आगाडि मैले कै भनिन सबै गफ गर्दै लुडो खेलि रहेको थियो ।
तेस दिन लोकल कुखुरा खाने भनेर म किचेन मा पकाउन थाले साडे नौ बजेको थियो। उनिहरु कन्टिनिउ बियर र लुडो खेलि खाइ रहे ।यो सबै हुनु अगाडि हुक्का मा पानी हैन दुध लाएर खाएको थियो बिक्रम दुर्लभ दाइ सन्जिब ले उस्लाइ हुक्काले नि बिसाउथ्यो कहिले काहि टाउको दुख्यो भन्दै घर आउथ्यो मले नखाउ ग्यस्टिक लाइ बिसाउछ भनेर सम्झाउथे पनि र त्यो दिन नि कस्टमर निकै भाकोले सानो रुम भाको ले अरुलाइ डिस्ट्रब हुन्छ धुवा बाहिर खानु है चाहि भनेको थिए त्यो हुक्का उसैले लेको थियो मैले खाजा घर हो ठाउ छैन नराखम भनेर आग्रह नि गरेको थिए तर बेला बेला खान्थे उसैले खुवाउथ्यो तेस दिन नि तिन जना ले खाए।
अब कुरा फेरि बियर 14 ओटा 4 जना ले खाए रामाइलै भाको थियो समय 11 पनि बजि सकेको थियो बिजय मगर को छोरि नाच्यो हामि सबै हेर्दै थियौ तेतिकै मा बिक्रम अलि मात्दै गयो बिजय मगर को बुडिलाइ के भन्दियो उनिहरुको पारिबारिक कुरा गरिदियो तिनि बहिनि ले दाजु हाम्रो घर को कुरा किन गर्नु भएको भन्दा एस्तो उस्तो भनेर बिक्रम बहस गर्न थाल्यो तेतिकै मा मैले हल्ला नगर्नु घरबेटिले मार्छ भन्दै खाना पस्किन्छु भने तेतिकै मा बिजय उस्को बुडि हामि नखाने गैम भन्दै गयो तेस बिचमा साहिल सुभम बिक्रम लाइ खाना दिए सुभम र बिक्रम ले एउटै खाना खाए बिचमा सिग्रेट नि रक्सि खादा उस्ले निकै मजाले खान्थ्यो। एतिकै मा लु अब घर जौ भने 12 बजि बजिनै सकेको थियो अनि एक छिन केटा केटा गफ गरे अरुको बिसय मा नबोल्नु भने बिक्रम झकिदैथ्यो म किचेन सफा गर्न थाले सुभम साइल हिडे उ पनि हेल्मेट लाएर बाहिर निस्केको नि चाभि बिर्सेर भित्र पस्यो अनि हुक्का बाहिर थ्यो कै नभनि यो नि खान्न अब भन्दै भुइमा फुटायो तेहा भएको बियर को जुठो गिलास फुटो दुध लाएर खाएको हुनाले छरपस्ट भयो मैले किन एस्तो गरेको भने मलाइ हुत्यायो हुतिए अनि बसेर मन परि भन्न थाल्यो ।आधि जम्बु रक्सि थियो एकासि तै खायो तर मैले नखाउन न भनेर खोस्दा दिएन अब उस्लाइ बोलाइ सक्नु हुन्न थ्यो जे जे आउछ मुख छाड्न थाल्यो एक दुइ सब्द मैले भन्दा उस्ले मलाइ बियर को बोतल ले टाउको मा हान्यो म घोप्टिए भुइमा लाडे बोतल छरपस्ट भयो अनि सरि सरि कान्छि भन्यो म चित्त दुखेर रुन थाले तेतिकै मा मलाइ जबर जस्ति सरि भन्दै माथि उठाएर राख्यो मैले सब सहन नसकेर उस्को दिदि लाइ २/४५ भै सकेको रहेछ बोतल फोटो हानेको पठाए हेर्नु भयो सम्बाद भयो हार गुहार सम्झाइ दिनु नाना लानु मलाइ एस्तो गर्यो गर्छ भने उहाले जे सुकै गर म आउदिन हात दुखेको छ उस्को जेठा दाइलाइ भन भनेर वास्ता गर्नु भएन ।त्यो बेला बिक्रम लाइ त्यो बियर हरु अगाडि त खाकै थ्यो आधि जम्बु रक्सि खादै नै थियो खोस्दा सकिन घर जान नि मेरो इस्कुटर को चाभि उसैले खोसेको थियो।
तेत्रो हान्दा मलाइ मैले एक पनि हात पात गरिन गरेको भए चोट अनेक हुन्थ्यो नै पिसाब फेरेर आउछु अनि छल्फल गरौला भन्दै टोइलेट गयो मैले तेतिकै मा उस्को चाभि मोबाइल हेल्मेट बाहिर राखि चुकुल लाए अनि म अलि फ्रेस भएर जान्छु सोचे तर ढोका हानेको हानै खोल भन्यो म डराए खोल्दिए एउटि नारि ले हद सम्म कति सहन्छ र म रुदै भिडिओ ।कल गर्दिन्छु नाना लाइ भन्दा गर बोला मेरो दिदि लाइ भनेर कराउन थाल्यो रक्सि चाहि पेप्सि बोतल मा खादै नै थियो तर नाना ले कल रिसिभ गर्नु भएन अनि थाकि सकेको थिए एकातिर निद्रा 2 बजि सकेको थियो अर्को घरबेटि मान्छे हरुको डर उ कराको कराइ थियो यो बानि हर कोहि सथि सङ्गि सब लाइ थाहै छ खाए पछि घमन्ड कसरि हो चाभि बेटाएर म स्कुटर कुदेर लगेर माहोल पछाडि गएर बसिरहे डर लाग्यो फेरि फर्किए र पनि जाउ भन्दा लठै भै सकेको थियो अनि गन गन गर्दै सोफा मै ढल्कियो सोचे अब सुतोस भनेर सजिलो सुत भन्दा कराउदै गालि बोल्दै ठाडै घुर्दै सुतदै थियो सोचे म कपन टाढा बस्नु परेको ले मैले लाने आट गरिन समभब थेन उ घुर्दै निदाउथ्यो निदावस अनि सुताइदिन्छु सजिलो भनेर त्यो सिसाहरु बाढारि सुत्ने ठाउ सोफा अर्को मिलाउदै थिए स्कुटर पर बाहिर भाको ले राख्न जान खोज्दा बाहिर बाटो मा दुइ जना रहेछन म डराए 3 बजि सकेको थ्यो एता लुके उनिहरु कोहो के मलाइ कै थाहा छैन म तेतिकैमा टोइलेट गए आउदा ति मान्छे थेन स्कुटर चाल गर्छ भनेर बिस्तरै डोराए ढिलो भयो स्टार्ट गरेरै रेस्टुरेन्ट अगाडि लेर राखे गेट लाए ।
भित्र पसे मोबाइल एसो हेरे मेरो अनि सुत्यो क्यारे अब लाडाएर सुताइदिन्छु भन्दा जस्तो सोफामा ठाडै सुतेको थियो कान्छा भन्दा लुत्रुक्क भयो बोलेन आतिए छाति छामे हात हरु सब सुम्सुमाए अनि भुइमा सोफाको को कप्डा ओछ्याएर काख मा राखेर बोलाए पानी खुवार धेरै आतिए नबोलेसि तेतिकैमा सागर लाइ कल गरे तेस दिन मोबाइल नि मेरो लुडो खेलेर सागर लाइ कल लाउदा लादै अफ भयो तेस दिन छोरिले चार्जर लगेर गै सकेको थियो। अब म होस उड्न थालेछ पछाडि पटि दुइजना भाइ हरु बस्थ्यो दौडेर ढोका हाने भाइ भै भने बोल्यो एम्बुलेन्स बोलाइदेउ भाइ एस्तो भो भने र फेरि बिक्रम लाइ हातहरु माड्न थाले कराउन थाले भाइ हरु आएन फेरि चिच्याए अनि आयो कल गर्दैछु दिदि रिसिभ गरेको छैन भन्यो एक जनाले मालाइ हेल्प गर्दै थियो अर्को भाइले फोन ।…
अनि अगाडि सब हल्ला मेरो पुगेर अगाडी पसल को दाइ र पुलिस छिर्यो उनिहरु डिउटिमा आको रहेछन मैले हात जोड्दै लगिदिनु हस्पिट्ल भने पुलिस ति भाइ ति दाइ सबैले भेन मा लगेर हस्पिटल लगे पुलिस लाइ सोधे कस्तो छ हात छम्दिनु भन नातिनु कै भाको छैन भन्दै हस्पिटल पुराए इमेर्जेन्सि मा लगियो सिपिआर दिन थाले डाक्टर ले मलाइ पोलिस ले जानै दिएन त्या बाट अनि नर्स ले मोबाइल चार्ज गर्नु कल गर्नु कोको छ आफान्त भन्यो दिदि को नम्बर दिए उठेन मलाइ नम्बर दिनु भनेर पोलिस ले नै गर्यो 50 पल्ट गरिसके कस्तो दिदि हो उठाउदैन भन्दैथियो अरु कोको छ दिनु भन्दै थियो दुर्गा दाइको नम्बर दिए उस्को दाइको उठेन भन्यो अरु कोको छ नजिक याहा भन्न थाल्यो अनि ज्वाला छिरिङ्मा सम्झे उहाहारुलाइ गर्ने बितिकै उठायो पुलिस ले नै सबै लाइ खबर गर्यो मा बेह्सिमा नै थिए।मलाइ डकटर पुलिस सबैले उपचार हुदैछ भन्दै जानै दिएन एतिकै मा ज्वाला छिरिङ्मा सागार आए र हल्ला खला भयो। बिक्रम बितिसक्या रहेछ मलाइ सबैले ढाटिरहे एकासि 10 बजि तिर ससि गुरुङ दाइले पोस्ट्मार्ट्म गर्नु पर्छ अब बुहारि साइन हानु भन्दा पो म चिच्याए अझ था पाए बिक्रम लाइ रक्सिले नै बेहोस भन्ने त्या साम्म थ्यो। अनि त्या बाट सबै भेला भै गयो मलाइ केहि थाहा भएन्।
यि सबै घटना मा म एउटा निर्दोस दुख मा परेको नारि लाइ त्या बाट फेमेलि ले नेगेटिभ सोच्न थालेछन मैले सहनु थियो मलाइ जति पिडा एतिका वर्स सम्म एउटा बच्चा लाइ जतिको स्याहारेर बसेको कति सम्म को आरोप हो यो । पोस्ट्मार्टम मा केहि भौतिक दाग हरु गलत नदेखिएको आए पछि पनि खान पिन मा कै असर पर्यो कि भनेर भिसिआर रिपोर्ट को पर्खाइमा थियौ कानुन र रिपोर्ट बाहेक अरु कै हैन एदि खराब हो भने आयो भने एतिका जिन्दगि त हिङसा मै बिताए जा जे गर्छन म प्रमाण छु भन्दै बसि नै रहेको थिए ।एउट सिसि क्यामेर को भर मा मेरो चरित्र हत्या गरिन्छ भने जति नि बिक्रम लाइ माया गर्नु हुन्छ अहिले दुइ तिर को नबुजि मलाइ अनेक आरोप लाइरहनु भाको छ आउनुस सबै मिलेर अन्याए घटना के रहेछ खोजौ म कहा चाहि ठुलो मान्छे र तेस्तो सङ्का गर्न सक्नु भयो एतिका बर्स भाइ लाइ के छ किन खान्छ एक्दिन सोध्नु भयो जस्ले चरित्र हत्या गरिरहेको छ उस्लाइ पनि निकै भन्थे दाजु सम्झाइ दिनुस भनेर वास्ता गरिएन र पुलिस ले फुड पैजन हुन सक्छ भनेर भिसिआर रिपोर्ट किन पर्खन सक्नु भएन?
आज सम्म एक्दिन मलाइ घटना बारे नसोधि यो सब एउटा घरको नि कोहिले मलाइ सम्झाउदैछन तर भाइको बियोग त तर अरुको चरित्र हत्या गरेर अर्को घटना किन? म लड्न तयार न्याए को लागि र जति पनि तपाइ हरु कन्फिउज मा हुनुहुन्छ मलाइ सोध्नुस सबै अस्ति सम्म म चुप तिए एतिका पिडा मा पिडा दिदा तर आज मेन्सन नै गरेसि यो सब घटना बारे भनेको छु कानुन छ म प्रमाण छु आझै पनि पिल्ज मलाइ उस्को सपना पुरा गर्नु छ भोग्ने जिउने महु मलाइ यो काम बन्द गर्नु होला एदि मैले यो गरेको हो भने सिसि क्यामेरा त सबै जाउ हेर्न प्रमाण जुटाउ आज सम्म रक्सि ले हो भनेर किन अब बितिगो भनेर भनेको थिन आज बाध्य भए गलत भए मलाइ पोलिस ले छोड्छ मोबाइल को कुरा आउनु लानुस सबै हेर्नुस एहा लेखेर हैन मलाइ मागेर सोधेर बोलेर बिक्रम मेरो सब थोक थियो रत हरेक सहेर आज सम्म हासिरहेको थिए तपाइ सक्नु हुन्छ साथि भाइ हरुलाइ आरोप लाउनुस जाड रक्सि खाने खुवाउने प्रत्येकलाइ सोध्नुस मैले कति भोगेको छु जाड रक्सि नखानु भन्ने त्यो मेरो तर यो सब पिडा आज मैले झन भोग्न पर्यो न्याए छ लड्छु अब म उतृनु पर्छ मेरो ज्यान तल माथि भयो भने तपाइको जति छ मेरो छ पिल्ज यो चरित्र हत्या बन्द गर्नुस कानुन रिपोर्ट छ्।
 
Previous Post

हावाले उडायो बेलीडाँडाका विकको घर 

Next Post

सिद्धिचरण ७ ले गर्यो आमा र शिशुलाई कोशेली भेट, आमाहरु बने हर्षित

Related Posts

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
0
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
0
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
0
सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

June 23, 2026
0
Next Post
सिद्धिचरण ७ ले गर्यो आमा र शिशुलाई कोशेली भेट, आमाहरु बने हर्षित

सिद्धिचरण ७ ले गर्यो आमा र शिशुलाई कोशेली भेट, आमाहरु बने हर्षित

Discussion about this post

Everest Highlights

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

June 23, 2026
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

June 23, 2026
चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly