चैत्र ८, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले ओखलढुंगा–सेर्ना–खानिभन्ज्याङ–कुईभिर सिलौरीघाट कालोपत्रे गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । गाउँपालिकाले गाउँपालिकाको चैत्र ४ गतेको निर्णय अनुसार उक्त सडक खण्ड कालोपत्रेका लागि यस्तो आग्रह गरेको हो ।
यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी शहिद स्व. यज्ञबहादुर थापाको उच्च मूल्याङकन गर्दै उहाँले मुलुक प्रति पुर्याएको योगदानको कदर स्वरुप ओखलढुंगाको साघुटार, ओखलढुंगा कुईभिर, सिलौरीघाट सडक खण्डनको नाम शहिद स्व.यज्ञ बहादुर थापा लोकमार्ग नामकरण गर्न समेत अनुरोध गरिएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।
Discussion about this post