चैत्र ९, सोलुखुम्बु । घरको बार्दलीबाट लडेकी बालीकाको उपचारमा लाँदै गर्दा बाटैमा मृत्यु भएको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ विजयखर्कका अशोक पोखरेलकी छोरी आनुपोया पोखरेलको मृत्यु भएको हो ।
जिल्लाको सदरमुकाम दिक्तेलमा कोठाभाडामा लिएर बस्दै आएका पोखरेलकी छोरी शुक्रबार बिहान बार्दलीबाट झरेकी थिइन । सो पश्चात उनलाई उपचारका लागी जिल्ला अस्पताल लगिएकोमा अस्पतालले काठमाण्डौ लैजान रेफर गरिदिएको थियो । उपचारका लागी काठमाण्डौ लैजाने क्रममा पोखरेलको शुक्रबार राती १२ बजे बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
२१ महिनाकी अनुपोयालाइ उपचारका लागी उनका मामा विष्णु प्रसाद ढुङ्गानाले काठमाण्डौको अन्नपूर्ण अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
Discussion about this post