Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट

Radio Everest by Radio Everest
April 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २१, सोलुखुम्बु । कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट भएका छन् । कृषि र पशुपालनमा अनुदानको दुरुपयोग बढेको गुनासो बढेपछि कोशी प्रदेश सरकारले ब्याजमा अनुदान दिने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा उल्लेख भएअनुसारको मापदण्ड पूरा गरेका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट भएको कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार छनोट हुनेहरुमा ग्लोबल आई.एम.ई बैक लिमिटेड सोलु शाखा, नेपाल इनभेष्मेन्ट मेगा बैँक लिमिटेड लुक्ला शाखा, लक्ष्मी सनराइज बैंक लिमिटेड लिखु पिके ५ किन्जा, लक्ष्मी सनराइज बैंक लिमिटेड थुलुङ दुधकोशी ६ मुक्लिी, लक्ष्मी सनराइज बैंक लिमिटेड सल्लेरी छनोट भएका छन् । यस्तै कृषि विकास बैंक लिमिटेड सल्लेरी, कृषि विकास बैंक लिमिटेड सोताङ शाखा, लक्ष्मी सनराइज बैंक लिमिटेड बासा शाखा, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सल्लेरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड लुक्ला शाखा, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नाम्चे बजार शाखा, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड नेचा बिहिबारे शाखा, नेपाल बैंक लिमिटेड सल्लेरी शाखा, सिद्धार्थ बैंक लिमिडेट लुक्ला शाखा, राष्ट्रिय सहकारी बैंक लिमिटेड प्रदेश कार्यालय, विराटनगर, र गोरीटाप बहुउदेश्यीय सहकारी संस्था लि. रहेका छन् ।

कृषि र पशुपालनमा अनुदानको दुरुपयोग बढेको गुनासो बढेपछि कोशी प्रदेश सरकारले ब्याजमा अनुदान दिने कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिमा उल्लेख भएअनुसारको मापदण्ड पूरा गरेका ८ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र १० वटा सहकारी तथा साना किसान लघुवित्त संस्था छनोट भएका छन् । चालु आर्थिक वर्षदेखि मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि सोझै दिने अनुदानको कार्यक्रम परिमार्जन गरी ब्याज अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । कृषि उत्पादन, बजारीकरण, प्रशोधनका लागि विभिन्न बैंक, वित्तीय संस्थाबाट ऋण लिने र निश्चित प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेर अगाडि बढाएको छ । कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थालाई गत माघ ४ गते र २१ गते प्रस्ताव आह्वान गरिएको थियो । सो प्रस्तावलाई फागुन ६ गते बसेको प्रदेशस्तर अनुदानग्राही छनोट समितिको बैठकले बैंक, वित्तीय संस्था, सहकारी संस्था छनोट गरेको हो ।

कर्जा स्वीकृतिका लागि तोकिएका पशु सेवा कार्यालय वा कृषि ज्ञान केन्द्रबाट सिफारिस गरिएको हुनुपर्ने व्यवस्था कार्यविधिमा छ । कृषक, कृषिसँग सम्बन्धित व्यवसायी र उद्यमीहरूले छनोट भएका बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरेर ऋण लिन पाउने कार्यविधिमा उल्लेख छ । कृषि क्षेत्रमा व्यावसायिक रूपमा उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण तथा कृषि उपजको मूल्य अभिवृद्धिका लागि बैंक, वित्तीय संस्था र सहकारी संस्थामार्फत कृषि कर्जा परिचालन गरी प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराई कृषि व्यवसाय प्रवद्र्धन गर्न भन्दै प्रदेश सरकारले कार्यविधि ल्याएको हो । चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले ४० करोड रुपैयाँ कृषि कर्जाको ब्याज अनुदानका लागि छुट्ट्याएको छ । यद्यपि उक्त रकम चालु आर्थिक वर्षमा खर्च हुने अवस्था नरहेको मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिनुभयो । कार्यविधिमा कृषि उद्यमीले मन्त्रालय मातहतको निकायमा निवेदन पेस गरेपछि जाँचबुझ गरी दश दिनभित्र प्राविधिक उपयुक्तताको सिफारिस बैंकलाई दिनुपर्ने र बैंकले सम्बन्धित कार्यालयको प्राविधिक उपयुक्तताको सिफारिस प्राप्त भए पश्चात बढीमा एक महिनाभित्र कृषि कर्जा स्वीकृत गर्नुपर्ने कार्यविधिमा व्यवस्था छ ।

बैंक मार्फत लगानी हुने कर्जामा उद्यमीलाई न्यूनतम दश लाख रुपैयाँदेखि अधिकतम तीन करोड रुपैयाँसम्मको मात्र मन्त्रालयले ब्याज अनुदान दिनेछ । बैंक मार्फत लगानी हुने कृषि कर्जामा मन्त्रालयले ६ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने, तर कुनै बैंकको कृषि कर्जामा लाग्ने ब्याज दर ६ प्रतिशतभन्दा कम भएमा कायम ब्याज दर अनुसार नै ब्याज अनुदान उपलब्ध गराउनेछ ।छनोट भएका वित्तीय संस्थाले कर्जा उपलब्ध गराउँदा परियोजना अनुसार जारी गरिने कर्जालाई अवधि कर्जा, चालु कर्जा वा दुवै उपलब्ध गराउन सक्ने कार्यविधिमा उल्लेख छ । वित्तीय संस्थाले कृषिमा आधारित उद्यमी वा अन्य सदस्यता नभएका वा सहकारीका सदस्यले सञ्चालन गरेका कृषिमा आधारित उद्यमीलाई सात लाख रुपैयाँसम्म र सहकारी संस्थाले आफैँ सञ्चालन गर्ने उद्यममा तीन करोड रुपैयाँसम्म कृषि कर्जा उपलब्ध गराउन सकिने कार्यविधिमा उल्लेख छ ।

वित्तीय संस्था मार्फत लगानी हुने कृषि कर्जामा लाग्ने ब्याज दरमा ७ प्रतिशत ब्याज अनुदान दिने र सहकारी मार्फत लगानी हुने कर्जामा मन्त्रालयले ८ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ । कार्यविधिले ब्याज अनुदानको अनुगमनका समन्वय तथा अनुगमन समिति समेत गठन गर्ने भएको छ ।

जसमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका मन्त्री संयोजक र मन्त्रालयका सचिव, कृषि विकास निर्देशनालयका प्रमुख, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख, आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन महाशाखा प्रमुख, नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय विराटनगरका उपनिर्देशक, प्रदेश सहकारी रजिस्टार कार्यालयका रजिस्टार, बैंक तथा वित्तीय संस्थाको तर्फबाट मन्त्रालयले तोकेको एक जना प्रतिनिधि र मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सदस्यसचिव रहने कार्यविधिमा उल्लेख छ । मन्त्रालयले ब्याज अनुदान कार्यक्रमको तथ्याङ्क व्यवस्थापन गर्न व्यवस्थित सफ्टवेर प्रणाली बनाइ लागु गर्ने, मन्त्रालय र मातहत कार्यालयमा कृषि कर्जा सहजीकरणका लागि सहजीकरण डेस्कको व्यवस्था गर्ने पनि कार्यविधिमा उल्लेख छ ।

Previous Post

लिखुपिके गाउँपालिकामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

Next Post

व्यावसायिक पशुपालन तालिमबाट ताप्लीका ३० जना महिला लाभान्वित

Related Posts

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
0
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
Next Post
व्यावसायिक पशुपालन तालिमबाट ताप्लीका ३० जना महिला लाभान्वित

व्यावसायिक पशुपालन तालिमबाट ताप्लीका ३० जना महिला लाभान्वित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

August 14, 2026
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly