कार्तिक १९, सोलुखुम्बु । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।










Discussion about this post