कार्तिक १९, सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङ गेलु शेर्पाले पार्टीले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन अघि पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा धारणा राख्दै शेर्पाले पार्टीभित्र उठेका प्रश्नहरूको समाधान र देशका ठुला समस्याको सम्बोधनका लागि महाधिवेशनबाटै नयाँ नीति र नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
शेर्पाले लोकतन्त्रका हिमायतीहरू अधिवेशनबाट भाग्न नमिल्ने बताउनुभयो । अधिवेशनबाटै पार्टीको सुधार, एकता र पुनरुत्थान सम्भव भएको शेर्पाको भनाइ छ । पार्टीभित्र देखिएको निराशा र अविश्वास अन्त्य गर्ने एकमात्र माध्यम महाधिवेशन भएको बताउँदै शेर्पाले महाधिवेशनले कांग्रेसलाई नयाँ सोच, नयाँ नीति र नयाँ पुस्ताको नेतृत्वतर्फ अघि बढाउने धारणा राख्नुभयो ।










Discussion about this post