चैत्र २६, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र नेचासल्यान ४ को अध्यक्षमा सुरेश राई चयन हुनुभएकोे छ । मंगलबार सम्पन्न भएको वडाको दोस्रो वडा सम्मेलनले राईको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा राम बहादुर राई, यदुनाथ कटेल र अकलमान राई, सचिवमा लेख कुमारी राई, सह–सचिवमा रोहित आचार्य र कोषाध्यक्षमा टुल्का कुमारी भट्टराई चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा लक्ष्मी मोक्तान, शान्ता राई, भोजराज कटेल, हिमादेवी वि.क, बाल शोभा राई, दिलिप राई, डिल्लीराम बाँस्तोला, सुवाचन राई, लिला राई, देशमान राई, अशोक राई र दिपेश राई चयन हुनु भएको कुसुम प्रतिष्ठानका अध्यक्ष एबम् नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र राउतले जानकारी दिनुभयो । साथै नेपाली काँग्रेसका स्थानिय नेता रोहित आचार्य र शुभेच्छुक राजेश वि.क. नेकपा (माओवादी केन्द्र) मा आजको सम्मेलनबाट पार्टी प्रवेश गरेका भएका छन् ।
वडा सम्मेलन आयोजक समितिका संयोजक सुरेश राई, गाउँपार्टी इन्चार्ज केशर राई , प्रदेश सदस्य अनिल राई, गाउँपार्टी अध्यक्ष सिताराम भट्टराई , कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी., जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल, सचिव वियस राई , माओवादी केन्द्रका युवा नेता युवराज राई, डिल्लिराम घिमिरे, बम बाँस्तोला लगायतले निर्वाचित समितिलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।
Discussion about this post