चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । आज (बिहिबार) बिहान करिब ११ : ४० बजेको समयमा चिप्लिएर बेल्जियमका ६४ बर्षिय आन्द्रे डेक्लियरको मृत्यु भएको स्थानीय टेक बहादुर राईले जानकारी दिनुभयो । उ
हाँका अनुसार डेक्लियर मेरापिक हिमाल चढ्न आएका थिए । मौसम प्रतिकुलका कारण उद्धारका लागि हेलिकप्टर तत्कालै आउन नसकेको राईको भनाई छ । यता जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि प्रकृया अगाडी बढाईएको डिएसपी द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post