बैशाख ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखानीमा खुल्ला जुनियर पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मिरमिरे एकता युवा क्लबको आयोजनामा बिहिबारबाट उक्त प्रतियोगिता सुरु भएको हो । बुद्धि बहादुर मगरको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु गरिएको सहकर्मी सुनिल गुरुङले जानकारी दिनुभयो । खेलमा १७ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।
Discussion about this post