Sunday, September 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा सकियो व्यक्तिगत घटनादर्ता मापन तथा घोषणा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम

Radio Everest by Radio Everest
April 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा व्यत्तिगत घटनादर्ता मापन तथा घोषणा सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सदरमुकाम सल्लेरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग संहदरबार, काठमाडौँको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा संचालन गरिएको कार्यक्रममा व्यक्तिले राज्यबाट पाउने सेवा, सुविधा प्राप्त गर्न र कानुनबमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र जरुरी रहने भन्दै जनचेतना मुलक नाटक प्रदर्शन गरिएको छ ।

यस कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका निर्देशक मुकेश कुमार केशरीले नेपालमा व्यक्तिगत घटनादर्ताको कार्यविधि प्रस्तुत गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले घटनादर्तालाई अझ व्यवस्थित र चुस्त बनाउनका लागि हाल सञ्चालनमा रहेको व्यक्तिगत घटनादर्ता र सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा देशभित्रका जुनसुकै स्थानका नागरिकका घटनालाई हरेक पालिकाले दर्ता गर्नसक्ने व्यवस्था रहेको बताउनुभयो । व्यक्तिगत घटना दर्ता गर्दा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि भएन भने पनि प्रमाणपत्रमा नागरिकता नम्बर भने उल्लेख गर्ने, जस्तै, जन्म दर्तामा बाबु र आमाको, मृत्यु दर्तामा मृतकको, विवाह दर्तामा पति र पत्नीको, सम्बन्धविच्छेद दर्तामा दर्ता माग गर्ने पति वा पत्नीको र बसाइँसराइमा सूचकको नागरिकता र विदेशी नागरिकको हकमा पासपोर्ट नम्बर उल्लेख भएको हुनुपर्ने उहाँको भनाई छ ।

नेपालको जनसांख्यिक संरचनाको यथार्थ अवस्था झल्काउनको लागि व्यक्तिगत घटना दर्तालाई निरन्तर अद्यावधिक गर्नुपर्ने हुन्छ । यसो गर्दा नीति निर्माण सेवा प्रवाह, विकास निर्माण लगायतका लागि राज्यले आवश्यक परेको समयमा सही तथ्यांक प्राप्त गर्न सक्छ । तथ्यांकमा आधारित नीति निर्माण र विकास प्रणालीले सार्थक नतिजा देखिने हुँदा घटना दर्ता आर्थिक, सामाजिक लगायत सबै आयामबाट महत्वपूर्ण छ । व्यक्तिगत घटना दर्ताले व्यक्तिको नाम, थर, उमेर, राष्ट्रियता, लैंगिकता, पारिवारिक नाता सम्बन्ध तथा बसोबाससहितको कानूनी पहिचान दिने भएकोले सामाजिक न्याय, मौलिक हक कार्यान्वयन र सुशासन प्रवद्र्धनमा यसको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको संविधानले प्रदत्त गरेको हकलाई कार्यान्वयन गर्न र सरकारले तय गरेको विकासका उद्देश्यलाई पूरा गर्नका लागि व्यक्तिगत घटना दर्तालाई जोड दिनु आवश्यक छ । व्यक्तिको जीवनमा घटेका घटनाहरूको बारेमा राज्यलाई जानकारी गराउने र व्यक्ति र राज्यसँगको भेटघाट गर्ने उद्देश्यले यो प्रणाली आएको हो ।

व्यक्ति जन्मेदेखि मृत्युसम्मको सूचना राज्यलाई जानकारी हुने भएकोले यो एकदम महत्वपूर्ण छ । त्यस्तै सांस्कृतिक संस्थान जमलको आयोजनामा लोकप्रिय खण्डकाव्यमा आधारित गीति नाटक “मुनामदन” को नाटक मार्फत प्रस्तुत गरिएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्यव समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङ, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, सम्पूर्ण स्थानीय तहका उपप्रमुख तथा वडा अध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सम्मापन पश्चात सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको भन्दै आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् ।

Previous Post

नेपाली सेना र नेपाल प्रहरीले खुम्बुबाट बिरामीकोे उद्धार गर्यो

Next Post

निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभएको रक्षामन्त्री राईको भनाई

Related Posts

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
0
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
Next Post
निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभएको रक्षामन्त्री राईको भनाई

निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभएको रक्षामन्त्री राईको भनाई

Discussion about this post

Everest Highlights

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly