मंसिर १७, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिका–५ वटै वडामा आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, लिखु पिके गाउँपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
“अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतीको सम्बद्र्धन” भन्ने नारा सहित आयोजित कार्यक्रममा स्थानिय तहदेखि प्रदेश तहसम्मका जनप्रतिनिधि, अपाङ्गता क्षेत्रका अभियन्ता, सरोकारवाला निकाय तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो ।
अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवद्र्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो ।










Discussion about this post