बैशाख ५, सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली सेना र नेपाल प्रहरीले एक बिरामीको उद्धार गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका ५ स्थायी घर भएका ३२ वर्षीय मजदुर हर्कराज राईको शुक्रबार दिउँसो २ बजे उद्धार गरिएको हो ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ पाङबुचेबाट भारी बोकी मन्जु जाने क्रममा चोरक्याममा अचानक टाउको दुखि बिरामी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
लगतै नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरी ओम होङगिल नाम्चे सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
Discussion about this post