बैशाख ७, सोलुखुम्बु । ताप्लेजुङको फुङलिङ नगरपालिका – १०, को पाथीभरा चौकमा करेन्ड लागेर बुलेरो ट्याक्सीमा सवार ४ जनाको मृत्यु भएको छ । सोमबार बिहान फुङलिङ बजारबाट मन्दिर दर्शन गर्न जाने क्रममा उक्त स्थानमा दुर्घटना भई ४ जनाकोे मृत्यु भएको र बाँकी २ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सडकमा बिजुलीको तार लत्रीएको र तारले गाडीको हुटमा छोएर आगलागी हँदा मे १ च ३०११ नम्बरको गाडी पूर्ण रुपमा जलेको हो । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१० का चालक समेत रहेका ४२ बर्षीय दुर्गा भट्टराई, ललितपुर महानगरापालिका –१० का १६ बर्षीया आध्या आर्चाय, भद्रपुर नगरपालिका –१५ का ७० बर्षीया बिनोद पौडेल, उनकी श्रीमती ६९ बर्षीया सरिता पौडेलको मुत्यु भएको हो । यस्तै ललितपुर महानगरापालिका १० का ४५ बर्षीया सबिना आर्चायको र उनका १० बर्षीया छोरा भबिमय आर्चायको गम्भिर घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र थप उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी रहेको बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरिक्षक रबि रावलको नेतृत्वमा १५ जनाको टोली परिचालित रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post