बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीको सार्वजनिक सुनवाई सम्पन्न भएको छ । रेडियो एभरेष्टको सहजिकरण तथा गाउँपालिकाको आयोजनामा जारी सार्वजनीक सुनुवाई बिहिबार मुक्लीमा सम्पन्न भएको हो । वडा अध्यक्ष महेन्द्रदिप राईको अध्यक्षतामा चालु आर्थिक वर्षमा वडाले कार्यान्वयन गरेका योजना तथा बजेट कार्यक्रमहरूको सार्वजनीकिरण सँगै त्यसमाथि छलफल तथा बहस भएको छ ।
वडाले चालु आर्थिक वर्षमा वडाको करिव ६५ लाख ५५ हजार ६ सय १६ रुपैयाँ सिलिङ बजेटबाट विभिन्न योजना सञ्चालन गरेको जानकारी गराइएको थियो । सार्वजनिक सुनुवाईका क्रममा नागरिकले उठाएका प्रश्नहरूको बारेमा वडा अध्यक्ष राईले प्रस्ट पार्नुभएको छ । कार्यक्रममा वडाका वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधि टोल सुधार समितिका अध्यक्ष एवं पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post