बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शुक्रबारबाट हुने अन्तराष्ट्रिय स्तरको म्याराथन प्रतियोगिताको तयारी पूरा भएको हो । गाउँपालिकाको रगंशाला कोर्कुमा ४७ किलोमिटरको प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ ।
उक्त प्रतियोगितामा १८ बर्ष देखि २९ बर्ष सम्म, ३० बर्ष देखि ४९ बर्ष सम्म र ५० देखि ६५ बर्ष सम्मका प्रतियोगिहरुलाई सम्मान पुरस्कार क्रमश : २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
यस्तै १८ बषै देखि ६५ बर्ष सम्म खुल्ला तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : १ लाख, ७५ हजार र ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
Discussion about this post