Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुङ्देलका पहिरो पिडतलाई चन्दा संकलन गरेर नयाँ घर उपहार

Radio Everest by Radio Everest
April 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १३, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–७ सुङ्देलका १७ वर्षीय छितिज राईले पाँच वर्ष पहिले बुबा गुमाउनुभयो । बाह्र वर्षको कलिलो उमेरका छँदा नै बुबा गुमाएका छितिजकी आमा (४५ वर्षीया) शारदा राई शारीरिक तथा मानसिक दुवैमा कमजोर हुनुहुन्छ । बुबाको अप्राकृतिक मृत्युपछि आमा र तीनजना नाबालक भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी छितिजको काँधमा आइपरेको छ । ठूली बहिनी दीपा राई कक्षा ७, निशा कक्षा ५ र कान्छा भाइ मुस्कान कक्षा ३ मा अध्ययनरत छन् ।

भाइबहिनीको पठनपाठनसँगै आफूसमेत कक्षा १० मा अध्ययनरत छितिजको घर गत असार ९ गतेदेखि सुरू भएको भारी वर्षासँगै आएको पहिरोले पुर्यो । सुङ्देलस्थित भीरखर्कमा रहेको घर तथा घरमा भएका सम्पूर्ण सामग्री पहिरोमा पुरिएपछि छितिज पाँचजनाको परिवार आफन्तकामा आश्रय लिएर बस्दै आएको थियो । पहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमेपछि विचल्लीमा परेका छितिजको परिवारलाई स्थानीयले चन्दा सङ्कलन गरेर निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ । स्थानीय देवानसिं कोयी राईले खाजु भन्ने ठाउँमा निःशुल्क उपलब्ध गराएको एक रोपनी १३ आना जग्गामा करिब रु नौ लाख खर्चेर निर्माण गरिएको ढुङ्गामाटोको गाह्रो तथा जस्तापाताको छाना भएको दुईतले घर शुक्रबार औपचारिक रुपमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको हो ।

देश तथा विदेशमा रहेका आफन्तबाट सङ्कलन गरिएको चन्दा तथा श्रमदानबाट निर्माण गरिएको घर गाउँपालिका प्रमुख समिर राईको उपस्थितिमा छितिजको परिवारलाई हस्तान्तरण गरिएको संयोजनकर्ता एवं सूर्य माध्यमिक विद्यालयका प्रधानाध्यापक ललितचन्द्र कोयी राईले जानकारी दिनुभयो । पहिरोपीडित छितिजको परिवारका लागि घर निर्माण गर्न कोयी राई समाज खोटाङको संयोजनमा सञ्चालन गरिएको चन्दा सङ्कलन अभियानमा हङकङबाट हितबहादुर कोयी राईको पहलमा तीन लाख ५० हजार, बेलायत (युके) बाट कृतबहादुर कोयी राईको पहलमा एक लाख ५० हजार र केपिलासगढी गाउँपालिकाले एक लाख ५० हजार उपलब्ध गराएको जनाइएको छ । घर निर्माणमा नगद र श्रमदानगरी नौ लाख बढी खर्च भएको छितिजको घर निर्माण अभियानमा आर्थिक व्यवस्थापनको जिम्मा लिएका स्थानीयवासी एवं सूर्य माध्यमिक विद्यालय सुङ्देलका शिक्षक भूपिन्द्र कोयी राई (बि)ले जानकारी दिनुभयो ।

घर हस्तान्तरणपछि गाउँपालिका प्रमुख राईले छितिजको परिवारलाई गाउँपालिकाको तर्फबाट उपलब्ध हुने सुविधालाई निरन्तरता दिने स्टाटसमार्फत प्रतिबद्धता जनाउनुभयो । पहिरोपीडित छितिजको परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि नगदसँगै खानाको लागि दाल, चामल र पठनपाठनका लागि शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको जनाइएको छ । प्राकृतिक प्रकोपमा परेर पीडित भएका छितिज राईको परिवारलाई सबैको साथ, सहयोग र मायाले पुनः स्थापित हुन सहज भएको सुङ्देलका वडाध्यक्ष तेजकुमार राईले बताउनुभयो ।

Previous Post

दुधौली नगरपालिकाका मेयर अधिकारीविरुद्ध बलात्कारको जाहेरी दर्ता

Next Post

सोलुका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम, ७१ जना लाभान्वित

Related Posts

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
0
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
0
निजामती सेवामा नागरिकमैत्री व्यवहार आवश्यक : प्रमुख प्रशासकीय अधिकृत थापा

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

भोटेकोशी बाढीमा हराइरहेका सोलुखुम्बुका १० जनाका आफन्तबाट डीएनए नमुना संकलन

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026
सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly