बैशाख १५, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले १४ जना जेहेनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । आइतबार प्रहरी कार्यालयमै सिद्धिचरण नगरपालिकाको जाल्पा माध्यमिक विद्यालय र सगरमाथा जनता माध्यमिक विद्यालयका ७, ७ जना जेहेनदार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक कृष्ण खड्काको प्रमुख उपस्थितिमा नवप्रवर्दनात्मक कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्ण खड्काले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै प्रहरीले शान्ती, सुरक्षा, अपराध अनुसन्धान मात्र नभएर विद्यार्थीहरुलाई सानो सहयोग गर्न सक्छ भन्ने हेतुले शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।
२०८१ सालको शुभदिपावलीको अवसरमा देउसी/भैलो जस्ता विविध सांस्कृतिक कार्यक्रमहरुबाट संकलन भएको आन्तरिक स्रोतबाट १४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कापी र डटपेन वितरण गरिएको जनाईएको छ ।
Discussion about this post