बैशाख १५, सोलुखुम्बु । प्रतिनिधि सभामा नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१ पेस गरेका हुन् ।
रक्षामन्त्री राईले संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको वार्षिक प्रतिवेदन पेस गरिएको बताउनुभयो । संविधानको धारा ५३ मा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था छ ।
Discussion about this post