बैशाख १६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा फोहोरमैला व्यवस्थापन गरिएको छ । नगरपालिाकले फोहोर फोहोरमैला स्रोत केन्द्र निर्माण गरि नगर भित्रका घर, कार्यालय, अस्पताल तथा बाटोमा फालिएका फोहोरमध्ये कुहिने तथा पुनः प्रयोगमा ल्याउन सकिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गरिएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको बताउनुभयो ।
आरपी कन्स्ट्रक्सन र नगरपालिकाबीच झण्डै ५० लाख रकममा फोहोरमैला स्रोत केन्द्र निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । फोहोर व्यवस्थापन चुनौती बनिरहेको अबस्थामा नगरपालिकामै फोहोरमैला स्रोत केन्द्रनिर्माण भएकाले अब नगरबासीले फोहोरमैलाको समस्या झेल्नु नपर्ने मेयर शेर्पाले बताउनुभयो । नगरपालिकामा छुट्टै फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या हुँदै आएको थियो ।
Discussion about this post