सोलुखुम्बु । जनता समाजवादी पार्टी (जसपा) नेपाल ओखलढुंगाको अध्यक्षमा प्रकाश तामाङ निर्वाचित हुनुभएको छ । ओखलढुंगा सदरमुकाममा सम्पन्न जिल्ला अधिवेशन बाट तामाङ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
समितिको उपाध्यक्षमा तिर्थ तामाङ, सचिवमा पासाङ निमा शेर्पा र उपसचिवमा चमर राई र निर्मल सुनुवार निर्वाचित हुनुभएको पार्टीका केन्द्रिय सदस्य गम्बु शेर्पाले जानकारी दिनुभयो । जसपा नेपालको २१ सदस्यीय जिल्ला कार्य समिति बनेको छ । पार्टीको केन्द्रिय सचिव लाक्पा शेर्पाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।
Discussion about this post