बैशाख १८, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका २, पुरानो गाउँमा चित्र कुमारी बास्तोलाको गाईवस्तुको गोठमा आगलागी हुँदा ३ वटा गाईवस्तु जलेर मरेका छन् । स्थानीय भुपेन्द्र कार्कीका अनुसार बिहान साढे ९ बजे चुलोबाट अचानक आगो लाग्दा गोठमा रहेका ३ वटा बाख्रा मेरका छन,भने अन्य केही घरेलु जनावर घाइते भएका छन् । आगलागीका कारण गोठ पुरै जलेर नष्ट भएको छ ।
आगो स्थानीयबासीहरुले नियन्त्रणमा लिइएका छन् । स्थानीय भुपेन्द्र कार्कीका अनुसार गोठमा रहेका सबै गाईवस्तु बास्तोला परिवारको मुख्य स्रोत थिए र यस घटनाले आर्थिक कठिनाई थपिएको बताएको बताउनुभएको छ ।
Discussion about this post