Tuesday, May 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गरिने

Radio Everest by Radio Everest
May 1, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १८, सोलुखुम्बु । यात्रुहरुका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिनुभयो । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो ।

काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्दछ । सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको गौरीटाप क्षेत्रका संरक्षण एवम् प्रवद्र्धन अभियन्ता लौरेश्वर बाबाले बताउनुभयो । चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ । स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मी तथा पत्रकारलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ ।

स्पार्क एड्भेञ्चरको पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरीटाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ । पहिलो दिन गौरीटापमा टेन्ट क्याम्पमा बसाइ हुनेछ । सहभागीहरुले प्रकृतिको आनन्द उठाउँदै रैथाने परिकारको स्वाद लिनेछन् । दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिने छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा सांगीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् । सो दिन सहभागीहरु स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुंगाको रुम्झाटारको होमस्टेमा रात बिताउनेछन् ।

यसबाट ग्रामीण पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराईले बताउनुभयो । तेस्रो दिन सहभागीहरु विद्युतीय सवारीमै काठमाडौँ फर्कने तालिका छ । प्रत्येक वर्ष प्रचूर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह शिकार अवलोकनलाई प्रवद्र्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवद्र्धन गरेको थियो ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

Previous Post

देउसामा तोसिखोमको उद्घाटन, जनप्रतिनिधी देखि स्थानीयको प्रशंसा

Next Post

केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको रहस्यमय मृ त्यु : के भन्छ भुवनेश्वर प्रहरी?

Related Posts

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
0
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
0
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
0
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026
0
Next Post
केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको रहस्यमय मृ त्यु : के भन्छ भुवनेश्वर प्रहरी?

केआईआईटीमा नेपाली विद्यार्थी प्रिशाको रहस्यमय मृ त्यु : के भन्छ भुवनेश्वर प्रहरी?

Discussion about this post

Everest Highlights

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026
रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

रोशी -लुरा सडक श्रमदानमार्फत ग्राभेल, स्थानीयलाई बर्षायाममा सहज

May 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly