मंसिर १८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ५ औँ नेचासल्यान गोल्डकप सुरु भएको छ । वडा नम्बर ५ को आयोजना तथा गाउँपालिकाको प्रायोजनमा सुरु भएको गोल्डकपको गाउँपालिका अध्यक्ष धनजन राईले उद्घाटन गरेपछि प्रतियोगिता औपचारिक रुपमा सुरु भएको हो । गाउँपालिकाको वडा नम्बर ५ स्थित लाउरेचउर खेलमैदानमा आज बाट सुरु गोल्डकप फुटबल प्रतियोगितामा विभिन्न जिल्लका १० वटा टिम सहभागी छन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष राई, नेकपा एमाले सोलुखुम्बुका जिल्ला अध्यक्ष तथा नेचासल्यान गाउँपालिकाका पूर्व अध्यक्ष डुफ कुमार बास्तोला, गाउँपालिका उपाध्यक्ष विना राई, प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरे सहित गाउँपालिकाका सम्पुर्ण वडाका अध्यक्ष, कार्यपालिका सदस्य सहित खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष धनजन राईले गाउँपालिका युवाको चाहना अनुरुपको विकासमा लागी परेको उल्लेख गर्नुभयो ।
उहाँले युवामैत्री विकासका लागी सुझावको समेत अपेक्षा गरेको बताउनुभयो । पाँचौ संस्करणको गोल्डकप प्रतियोगिताको प्रथम, द्धितीय र सान्तत्वना हुने टिमले पुरस्कार राशी क्रमशः १ लाख ५० हजारको साथमा ट्रफि मेडल र प्रमाणपत्र , ९० हजार, ४० र ४० हजार प्राप्त गर्ने जनाइएको छ । गोल्डकपको उद्घाटन खेलमा भिडेका नेचा ४ स्टारलाई नेचा वाइजेठले १० गोलको फराकिलो अन्तरले पारजीत गरेको छ । किरात समुदायको महान पर्व उधौँलीको अवसरमा आयोजित प्रतियोगिताको अवसरमा बाहिङ राईहरूको भेषभुसा, सेग्रो सिली सहितका सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरिएको सहकर्मी धनकुमार ढुंगेलले बताउनुभयो ।










Discussion about this post