मंसिर १९, सोलुखुम्बु । बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव बुधबार हलेसी तुवाचुङ नगरपालिका–४, बडहरेमा स्थानीयवासी तथा समाजका पदाधिकारीहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । दैनिक कार्य काठमाडौंबाट सञ्चालन गर्दै आएको यस समाजले बडहरे क्षेत्रका नागरिकलाई एकताबद्ध गर्न तथा सामाजिक सेवामुखी कार्यक्रम सञ्चालन गर्न निरन्तर सक्रिय रहँदै आएको छ ।
कार्यक्रममा समाजका पदाधिकारी, बडहरेवासी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले उत्सवलाई अझ उत्साहजनक बनाएको थियो। बार्षिक उत्सवको अवसरमा वडा नं. ४ अन्तर्गत श्रीङ्गेश्वर मन्दिर क्षेत्रमा प्रतीक्षालय तथा फलामे वेन्च निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । यसै अवसरमा अन्तर्राष्ट्रिय अपांग दिवसको विशेष सम्झनामा ५ जना अपांगता भएका व्यक्तिहरू—कुमार खत्री, लक्ष्मण बस्नेत, झुकि माया कटुवाल, केश कुमारी बस्नेत र भवकृष्ण पौडेल—लाई न्यानो ज्याकेट र टोपी लगाई सम्मान गरिएको हो ।
उत्सवकै कार्यक्रमबाट विकास बस्नेतको अध्यक्षतामा ७ सदस्यीय उपसमिति गठन गरिएको छ। स्थानीय विकास तथा सामाजिक उत्थानलाई अगाडि बढाउने उद्देश्यअनुरूप श्रीङ्गेश्वर मन्दिर परिसरमा शौचालयसहितका बाँकी निर्माण कार्य वडा नं. ४ बडहरेले पूरा गर्ने अध्यक्ष किशोर कुमार बस्नेतले प्रतिबद्धता जनाउनुभयो ।
विगतमा श्रीङ्गेश्वर मन्दिरका जग्गादाता तथा मूर्ति, शंखलगायत सामग्री उपलब्ध गराउने व्यक्तिहरूलाई समेत कार्यक्रममा विशेष सम्मान गरिएको थियो । समाजका कोषाध्यक्ष नारायण ब. बस्नेतका अनुसार बडहरेवासीको सक्रिय सहभागितामा सम्पन्न पहिलो बार्षिक उत्सवले समाजलाई अझ सशक्त रूपमा अघि बढ्ने प्रेरणा दिएको छ ।
त्यसैगरी, विगतका दिनमा अपांग, अशक्त तथा समस्यामा परेकालाई निरन्तर सहयोग गर्दै आएको जानकारी समाजका प्रचार–प्रसार विभाग प्रमुख कुलबहादुर बस्नेतले दिनुभयो।बडहरे एकता सेवा समाजले आगामी दिनमा अझ प्रभावकारी रूपमा समुदाय सेवा र विकास गतिविधि सञ्चालन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।










Discussion about this post