बैशाख २०, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बैशाख १८ गतेदेखि २० गतेसम्म विभिन्न वडामा क्रमशः बाक्सिला, फेदी र सुङदेलमा शिविर सञ्चालन गरिएको थियो। यस अभियानले विशेष गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई प्राथमिकता दिएको थियो।
शिविरमा जिल्ला प्रशासन कार्यालय खोटाङको प्राविधिक टोलीले डीभाइससहित सेवा दिएको थियो भने उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष समिर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Discussion about this post