बैशाख २०, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलाका ९ वटा कृषक समूहलाई शनिबार विशेष कृषि सामाग्री वितरण गरिएको छ । गाउँपालिकाको आयोजनामा हरेक समूहलाई टनेलसहित गरी जम्मा ६३ थान कृषि सामग्री वितरण गरिएको हो ।
सामग्री वितरण कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष समिर राईले कृषकहरुलाई कृषि सामग्रीको उचित र प्रभावकारी सदुपयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँले उत्पादनमा वृद्धि ल्याउन यस्ता सहयोग कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो ।
गाउँपालिकाले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कृषक समूहहरुलाई प्रोत्साहन दिने नीति अपनाउँदै आएको छ । कार्यक्रमबाट स्थानीय कृषकहरु लाभान्वित हुने विश्वास लिइएको छ । यसले स्थानीय उत्पादनमा वृद्धि भई आर्थिक सशक्तीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post