बैशाख २१, सोलुखुम्बु । थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानले आउँदो जेष्ठ १६ गते बृहत कवि गोष्ठी तथा जिल्ला स्तरीय खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतिष्ठानका संयोजक सुवास संगम राईका अनुसार कार्यक्रममा अतिथि कविहरूबाट कविता वाचन गरिनुका साथै सोलुखुम्बु जिल्लाभरिका कविहरूबीच प्रतियोगिता सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ३० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, द्वितीयले २० हजार, तृतीयले १५ हजार र सान्त्वना पुरस्कारस्वरूप ५ हजार रुपैयाँ प्रदान गरिनेछ । संयोजक राईले प्रतियोगिता सृजनात्मक अभिव्यक्तिको मंच प्रदान गर्नुका साथै नवप्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको सन्दर्भमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले कविता जस्ता साहित्यिक विधाले सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमले समुदायबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
Discussion about this post