बैशाख २२, सोलुखुम्बु । लामो समयदेखि नागरिकता नपाएर समस्यामा परेका खोटाङ जिल्लाका तीन दिदी–भाइले अन्ततः नागरिकता प्राप्त गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा खिरिका निवासी ५८ वर्षीय वीरबहादुर आलेका २९ बर्षिया छोरी राधा आले, २८ बर्षिय छोरा मोहन आले र २२ बर्षिय कान्छी छोरी सरस्वती आलेले सातपटक जिल्ला प्रशासन कार्यालय धाउँदा मात्र नागरिकता प्राप्त गर्न सफल भएका हुन् ।
नागरिकता ऐनअनुसार १६ वर्ष पुगेपछि नेपाली नागरिकले नागरिकता पाउने प्रावधान भएपनि विभिन्न कारण देखाउँदै प्रशासनले यसअघि उनीहरूलाई अस्वीकार गर्दै आएको थियो। यस्तै, ऐसेलुखर्क गाउँपालिका–४ जलेस्वरीकी ६७ वर्षीया गीता खत्रीलाई समेत प्रशासनले पहिले नागरिकता दिन अस्वीकार गरेको थियो । नागरिकता पाएकोमा मोहन आलेले खुशी व्यक्त गर्दै अब वैदेशिक रोजगारीका लागि राहदानी बनाउन लागिएको जानकारी दिनुभयो । नागरिकता पाएलगत्तै तीनै जनाले आइतबार राष्ट्रिय परिचयपत्रसमेत बनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले आले परिवारका तीनै जनालाई नागरिकता प्रदान गरिएको पुष्टि गर्नुभएको छ । सफल प्रयासका लागि वडा अध्यक्ष दिनेश राईले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिनुभएको छ । अरू सरकारी सेवामा पहुँच पाउन नसकिरहेका यस्ता व्यक्तिहरूको समस्या समाधान हुँदै जाँदा अब उनीहरूको जीवन सहज हुने आशा गरिएको छ ।
Discussion about this post