जेठ १५, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ८० जना श्रमिकलाई रोजगार प्रदान गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८० जनालाई रोजगार प्रदान गरिएको हो । कार्यक्रमका लागी ६४ लाख ५२ हजार रुपैँया बजेट विनियोजन गरिएको रोजगार संयोजक मिङमार शेर्पाले जानकारी दिनुभयो ।
नगरपालिकामा १० वटा योजना छनौट गरी सय दिने रोजगारी दिईएको छ । हाल सम्म वडा नम्बर १,२,३,४,८,९,१० र ११ मा सञ्चालित सडक मर्मत कार्य सम्पन्न भइसकेको छ, भने वडा नम्बर ६ र ७ मा सडक सोलिङ तथा सडक मर्मत कार्य भइरहेको रोजगार संयोजक शेर्पाको भनाई छ ।
Discussion about this post