Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेलेका ३ विद्यार्थीलाई छात्रवृत्ति, एक वर्ष सम्म मासिक शुल्क तिर्नु नपर्ने

Radio Everest by Radio Everest
May 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १६, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेको एक विद्यालयका ३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । नेलेका पुर्व शिक्षक तथा समाजसेवी स्वर्गीय रमेशबाबु थुलुङको तेश्रो पुण्यतिथिको अवसरमा थुलुङका माइला छोरा नेपाली कांग्रेसका युवा नेता  रोशनबाबु थुलुङ तथा परिवारले नेलेको हिमशिखर केयरने अस्टीनोभ स्कुलका जेहेन्दार, प्रतिभावान तथा गरिव ३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

थुलुङ परिवारले एक औपचारिक कार्यक्रमका बिच विद्यालयको कक्षा ५ मा अध्ययनरत अनिशा बस्नेत र जेनिश थापा त्यसैगरी कक्षा १ का विद्यार्थी प्रज्ज्वल विकलाई छात्रबृत्ति प्रदान गरेको हो । छात्रवृत्ति मार्फत ३ जनानै विद्यार्थीको एक वर्ष सम्मको मासिक शुल्क ६७ हजार २ सय बराबरको रकम कट्टा गरिएको छ । छात्रवृत्ति पाएका विद्यार्थीहरू कक्षा ५ का अनिशा र जेनिशले एक वर्षको मासिक शुल्क २४÷२४ हजार रुपैयाँ थुलुङ परिवारले तिरिदिने भएको छ ।

यस्तै कक्षा १ का विद्यार्थी प्रज्वलको १ वर्ष सम्मको मासिक शुल्क १८ हजार २ सय रुपैयाँ पनि थुलुङ परिवारले तिरिदिने रोशनबाबु थुलुङले बताउनुभयो । समाजसेवी स्वर्गीय थुलुङले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान माथि थप मलजल गर्नका लागी यहि वर्षबाट सुरु गरिएको छात्रावृत्तिको दायरा आउने वर्षहरूमा फराकिलो बनाउँदै लैजाने उहाँको भनाई छ ।  

जिल्ला समन्वय समिति सोलुखुम्बुकी सदस्य सिता बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न छात्रबृत्ति वितरण कार्यक्रममा हिमशिखर केयरने अस्टीनोभ स्कुलका व्यवस्थापन समिति अध्यक्ष तथा कांग्रेस नेता वीर बहादुर गुरुङको सभापतित्व सम्पन्न भएको थियो । कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष घनराज सुनुवारले स्वर्गीय रमेशबाबु थुलुङको शिक्षा क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै परिवारले योगदानलाई ओझेल पर्न नदिनका लागी गरिरहेको कार्य सराहनीय रहेको जिकिर गर्नुभयो ।

यस्तै कार्यक्रममा नेले स्थित जीवनज्योति माविका प्रधानाध्यापक प्रभुराम बस्नेतले सामुदायिक विद्यालय राजनीतिको अखडा भएकाले सामुदायिक विद्यालय प्रति अभिभावकहरूको गुनासो बढ्दै गएको टिप्पणी गर्दै संस्थागत विद्यालयले आफ्नो साख बचाउन सफल भएको बताउनुभयो । नेलेको शैक्षिक क्षेत्रमा स्वर्गीय रमेशबाबु थुलुङले ठुलो योगदान गर्नुभएको सम्झदै उहाँले यि उपलब्धीलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ सोलुखुम्बुका अध्यक्ष ल्हाक्पा तामाङ लगायत अन्य विभिन्न पद तथा ओहदाका व्यक्तिहरूले स्वर्गीय थुलुङ प्रति श्रद्धासुमन व्यक्त गरेका थिए । स्वर्गीय थुलुङका श्रीमती, ३ छोरा र १ छोरी छन ।  

Previous Post

विश्व कीर्तिमानका लागि कालापत्थरमा रेस्लिङ, भगवतीले जितिन्

Next Post

सोलुमा बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Related Posts

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

Discussion about this post

Everest Highlights

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly