जेठ १६, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बीमा सचेता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकारण कोशी प्रदेशको आयोजनामा बुधबार सल्लेरीमा बीमा सचेता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकारण कोशी प्रदेशका प्रमुख विनोद कुमार पोखरेलले प्रदेशमा बिमाको अवस्थाबारे प्रष्ट पार्नुभएको थियो । नेपाली बिमा बजारको बारेमा जानकारी गराउने तथा बीमा सम्बन्धी जनचेतना बढाउने कार्यक्रमको मुख्य उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कोशी प्रदेशमा ४४ दशमलव ३७ प्रतिशत बीमाको पहुँचमा पुगेको छन् ।
कोशी नेपाल बीमा प्राधिकरणले नेपाल सरकारलाई बीमा सम्बन्धी सल्लाह दिने, बीमा बजारलाई विश्वसनीय र प्रतिस्पर्धा बनाउने, बीमाको विकास, प्रबद्र्धन तथा विस्तार गर्ने कर्तव्य र अधिकार भित्र पर्ने गरेको छ । यस्तै बीमा व्यवसायको नियमन, निरीक्षण, सुपरीवेक्षेण गर्ने र बीमा व्यवसायको जाखिम न्यूनिकरण गर्ने नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य र अधिकार रहेको जनाइएको छ । बीमा सामितिको स्थापना वि.सं २०२५ भएको थियो, भने २०४९ सालमा बीमा ऐन ल्याए सँगै २०७९ सालमा ऐन अनुसार नेपाल बीमा प्राधिकरण नामकरण गरिएको जनाइएको छ । प्रस्तुतिकरण गर्नुभएको थियो ।
Discussion about this post