जेठ १६, सोलुखुम्बु । सोलुखुम्बुमा पोलियो विरुद्धको आइभिपि खोप अभियान अन्तर्गत २ हजार ९ सय जना बालबालिकालाई खोप लगाइएको छ । चैत्र १३ गतेबाट सुरु भएको अभियानमा २ हजार ९ सय बालबालिकालाई खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम नारायण शाहका अनुसार जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा १ हजार जना , नेचासल्यान गाउँपालिकामा ३ सय ३२ जना र थुलुङदुधकोशी गाउँपालिकामा ८ सय जना बालबालिकालाई आइभिपि खोप लगाइएको हो । यस्तै सोताङ गाउँपालिकामा ४ सय जना, महाकुलङ गाउँपालिकामा ५ सय र माप्यदुधकोशी गाउँपालिकामा करिब ३ सय जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका र लिखुपिके गाउँपालिकामा आजबाट खोप अभियान सुरु गरिएको छ । उक्त पालिकाहरुमा विविध कार्यक्रमहरु संचालन भईरहेको हुदाँ अभियान स्थगित गरिएको थियो । नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय आइभिपि खोप अभियान अन्तर्गत सोलुखुम्बुका २ सय ९८ खोप केन्द्रबाट दिइरहेको छ । वि.सं २०७३ बैशाख देखी ७५ असोज सम्म जिल्लामा जन्मिएका ४ हजार ८ सय ८८ जनालाई खोप लगाउने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ ।
Discussion about this post