जेठ १६, सोलुखुम्बु । हिमाल आरोहणका क्रममा लेक लागेर ज्यान गुमाएका आरोही विनोद बाबु बस्ताकोटीको शव भेटिएको छ । पोखराका आरोही बस्ताकोटी गत जेठ ९ गते सगरमाथा आरोहणका लागी प्रस्थान गरेकोमा उनी बेपत्ता भएको भनी ११ गते यति माउन्टेन एडभेन्चरमा जानकारी आएको थियो ।
त्यसपश्चात् उनको खोजी कार्य जारी रहेकोमा बुधबार बिहान ८ बजे उनलाई मृत अवस्थामा फेला पारिएको थियो । मृत फेला परेका बस्ताकोटीको शव कैलास एयरको हेलिकप्टर मार्फत लुक्ला ल्याइ कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारीका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उनलाई नेपाली सेनाको हिमाल सरसफाइ टोलीले सगरमाथाको बालकनी अर्थात ८ हजार ३ सय मिटर भन्दा तल मृत फेला पारेको हो ।
Discussion about this post