जेठ १३, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको तिनकुने देखि थातिङ जोड्ने सडकको ढलान कार्य शुरु भएको छ । यस अघि नेपाल आर्मिले ओगटेको जग्गामा रक्षामन्त्रि मानबीर राईको पहलमा आर्मिले बाटोको लागि जग्गा उपलब्ध गराएसँगै खोलिएको ट्रयाकको ढलानको काम आरम्भ गरिएको हो ।
वडा नम्बर ५ स्थित तिनकुने बाट शिवमिन्दर–गुम्बा–क्याम्पसटोल हुँदै थातिङ जोड्ने सडकको शुरुवात विन्दुबाट १ सय ८४ मिटर लम्बाईको ढलानको काम थालनी भएको हो । मन्त्रि राईकै पहलमा संघिय सरकारबाट विनियोजित १ करोडको बजेटबाट नेपाली सेनाले नै उक्त बाटो बनाउने जिम्मा लिएको मन्त्रि राईको निजि सचिवालयले जनाएको छ ।
अहिले तिनकुने क्षेत्रमा सेनाको मुख्यालयबाट आएको ईन्जिनियर सहितको टोलीले सडक निर्माणको काम थालेको छ । यो बाटो बनेसँगै माथिल्लो सल्लेरीको आधा दर्जन टोलका नागरिकहरु लाभान्वित हुने छन् ।
Discussion about this post