जेठ १७, साेलुखुम्बु । जलवायुकाे असर झन् बढ्दाे छ । यसले गर्दा हिमाली जिल्ला अझ प्रभावित बनेका छन् । सगरमाथाको आधार क्षेत्र सोलुखुम्बुको खुम्बुमा एक दशक अघिसम्म फापर, उवा, आलु जस्ता थुप्रै रैथाने बाली लगाइन्थ्यो र उत्पादन पनि हुन्थ्यो । तर, अचेल यस्ता रैथाने बाली हराउँदै गएको छ । यसको मुख्य कारण पछिल्लो समय हिमाली क्षेत्रमा आएको मौसमी परिवर्तनले गर्दा हाे । पानी पर्ने बेला हिउँ र हिउँ पर्ने बेला पानी पर्न थालेपछि फापर, उवा जस्ता खेती त हुनै छाडेको छ, आलु उत्पादन पनि घट्दो छ ।केही वर्षअघिसम्म यो मौसममा सोलुखुम्बुको दिङ्बोचेका यी खेतमा उवा पाहेलपुर हुन्थ्यो । उवा उत्पादन हुँदा स्थानीयले त्यसैको सातु, ढिँडो बनाएर खान्थे । तर, अहिले खेतबारी खाली छन् । उवाको दाना नै नलाग्ने, बोट सानो भएर सुक्ने हुन थालेपछि किसानले उवा र फापर खेती गर्नै छाडेका छन् ।खुम्बु क्षेत्रको हिमाली भेगका धेरैजसो खेतबारीमा सिँचाइ सुविधा छैन । लामो समय रहने हिउँले माटोमा सिँचाइको काम गर्छ । तर हिमाली भेगमा हिँउ कम पर्न थालेपछि पहिला प्रशस्त मात्रामा हुने बाली देख्न समेत मुस्किल हुन थालेको छ । पहिलेको तुलनामा आलुको उत्पादन पनि घटेको छ ।हिमाल आरोहणको सिजनमा खुम्बुबासीले होटेल सञ्चालन गर्छन् । होटेल व्यवसाय पनि मौसमी हो । त्यसबाहेक उनीहरूको अर्को पेसा कृषि हो । यहाँको कृषि पनि मौसममै निर्भर रहन्छ । तर, जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रका बासिन्दाको कृषि पेसा भने चौपट भएको छ ।
नेचासल्यानमा सुरु भयो चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता
माघ २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा हुने अन्तरमावि...
Discussion about this post